सिलगढीमा तृणमूलको तर्फबाट रक्षा बन्धन कार्यक्रम

IMG-20230830-WA0167.jpg

सिलगढी: सिलगढीको सूर्यसेन कलोनीमा ए ब्लक तृणमूल कङ्ग्रेस ममता मन्दिरद्वारा रक्षा बन्धन कार्यक्रमको आयोजना गरियो। यस अवसरमा तृणमूल नेता मदन भट्टाचार्यको विशेष उपस्थितिमा रक्षा बन्धन कार्यक्रमको आयोजना गरिएको थियो। मदन भट्टाचार्य वाहेक बाटोमा हिड्ने सबै मानिसहरूलाई पनि आज राखी बाँधीदिएर मिठाई खुवाए।

मदन भट्टाचार्यले भने, मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यमा एकता अनि सद्भावनालाई कायम राख्ने सदैव सन्देश दिँदै आइरहेकी छन्। यसकारण आजको दिनमा राखी लगाइ दिएर सबैलाई भाईचाराको बन्धनमा बाँध्ने प्रयास गरिँदैछ।

About Author

Advertisement