युवा कल्याण विभाग अनि क्रीड़ा विभागको आयोजनामा खरसाङमा राखी बन्धन उत्सव कार्यक्रम सम्पन्न

IMG-20230830-WA0271.jpg

खरसाङ: पश्चिम बंगाल सरकार र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको युवा कल्याण विभाग र क्रीड़ा विभागको संयुक्त आयोजनामा आज खरसाङमा राखी बन्धन उत्सव २०२३ संस्कृति दिवसको रूपमा पालन गरिएको छ। खरसाङको गोर्खा जनपुस्तकालय भवनमा सम्पन्न उक्त कार्यक्रमलाई खरसाङ खण्डको युवा खण्ड अधिकारी पेम्बा भोटियाले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिको रूपमा खरसाङ खण्डको पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान उपस्थित थिइन्। त्यसरी नै विशिष्ट अतिथिको रूपमा जीटीएको खेलकूद अनि युवा मामिला विभागको एमओडी सभासद नवराज छेत्री र खरसाङ खण्डको पञ्चायत समितिको उप सभापति नारायण थापा उपस्थि थिए। त्यसरी नै अतिथिको रूपमा पेमेन्द्र गुरुङ लगायत केएफएको उप सभापति अर्जुन शर्मा र सचिव सुदिप राई पनि उपस्थित रहेका थिए। मनोज छेत्रीले सञ्चालन गरेको कार्यक्रममा खरसाङ खण्ड र नगरपालिका क्षेत्रका नानीहरूले विभिन्न कार्यक्रमहरू प्रस्तुत गरेका थिए। यस क्रममा नानीहरूले गीत, नृत्य, कविता आदि प्रस्तुत गरेका थिए। कार्यक्रममा द ब्लुम एकाडेमीका नानीहरूले नृत्य प्रस्तुत गरेका थिए भने खरसाङको जीआर ३२ र हिल्स फुटबल एकाडेमीका नानीहरूले गीत प्रस्तुत गरेका थिए भने प्रतिभाषाली नानी आयुष लामाले गीत प्रस्तुत गरेका थिए। त्यसरी सुरज बाल्मिकी र नरेन्द्र थापाले पनि गीत प्रस्तुत गरेका थिए। यसै कार्यक्रममा उपस्थितहरूलाई राखी लगाउने कार्य गरिएको छ भने कार्यक्रम अघि बजार क्षेत्रमा विभिन्न मानिसहरूलाइ राखी लगाउने कार्य सम्पन्न गरिएको थियो भनी विभागको पक्षबाट योगेन लामाले बताएका छन्।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु प्रधानले उपस्थित छोरी नानीहरूका प्रस्तुति देखेर छोरी नानीहरूलाई विभागको पक्षबाट सहयोग गर्ने वचन दिएकी छन्। उनले अगामी वर्षतिर विभाग र पञ्चायत समिति मिलेर कार्य गर्ने बताएकी छन्। उनले नानीहरूलाई त्यसरी नै गीत, संगीत, खेलकूद क्षेत्रमा सचेत बनाएर अघि लानुपर्ने बताएकी छन्। जीटीएको खेलकूद अनि युवा मामिला विभागको सभासद नवराज छेत्रीले आफ्नो तर्फबाट विभागी़ रूपमा सक्दो सहयोग गरिने वचन दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement