३० अगस्तः डुवर्सको रामझोड़ा फूटबल कमिटीको आयोजनमा रामझोड़ा टी गार्डन फूटबल अनर कप २०२३ टुर्नामेण्ट आउँदो ३ सेप्टेम्बरदेखि शुरु हुनेछ। रामझोड़ा फूटबल मैदानमा हुने यस टुर्नामेण्टको दोस्रो सीजनमा जम्मा १६ वटा टीमले हिस्सा लिनेछ। आइतवार खेलिने उद्घाटन म्याचमा पलासबारी बिक्की एकाडमी र इज्रायल गुरुङ फूटबल एकाडमीबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः २७ र २८ सेप्टेम्बरमा खेलिनेछ। यसरी फाइनल १ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









