गान्तोक: दक्षिण जिल्लाको राभाङलाका खण्ड विकास अधिकारी उपेन्द्र राई, सीएलसी अध्यक्ष विष्णु शर्मा लगायत अन्यहरूले हरकतेको भालु झीलको निरीक्षण गरे। यस भ्रमणको प्रमुख लक्ष्य र उद्देश्य पानीको मुहानको संरक्षण गर्नको साथै देशका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा शुरू गरिएको अमृत महोत्सव सरोवर २०२२ लाई कार्यान्वयन गरिनु रहेको हो। विशेष गरेर ७५ वटा पानीको स्रोतलाई विकास गर्दै आजादीका अमृत महोत्सव पालन गरिनु रहेको बताइएको छ। राभाङला खण्ड प्रशासनिक केन्द्र अन्तर्गत दसवटा झील रहेको र आजादीका अमृत महोत्सव अन्तर्गत यसको विकास गरिने भएको छ। भालु झील आगामी एक महिना भित्रमा मरम्त कार्य पुरा गरिने र १४ अगस्तमा उदघाटन गरिने भएको छ। मुख्यमन्त्री प्रेम सिंह तामाङको नेतृत्वमा सिक्किम राज्यमा अमृत सरोवर मिशन अगावै शुरू गरिएको छ।