गेजिङ: गए राति फेरेक मिलिङ वार्ड निवासी लाक्पा छिरिङ लेप्चाको घर जलेर खरानी भएको छ। घटना मध्य राति १:३० बजीको समयमा भएको हो। रात्रिको समय आगलागी भएको हुँदा, घर साथै किचन पूर्ण रुपमा जलेर नष्ट भएको छ। गेजिङ जिल्लाको मानेबुङ देन्ताम क्षेत्र अन्तर्गत २१-कर्मटार गिताङ ग्राम पंञ्चायत एकाइको फेरेक मिलिङ वार्ड निवासी पीडित लेप्चाको परिवार सबै सुतेको समय आगजनी भएको बताइएको छ भने ज्यान भने भाग्यले बाँचेको छ। धनमालको धेरै नोक्सानी भएको बताइएको छ। आगलागीमा मुलघर र भान्सा घर पूर्ण रुपमा जलेर खाक भयो घरको सर-समान साथै केही पैसा समेत जलेर नष्ट भएको परिवारको भनाइ छ।

घटना पछि वार्ड पञ्चायत निटो लेप्चाले घटना स्थलको निरीक्षण गरेका थिए। मध्य रातको समय भएकाले गर्दा आगोलाई नियन्त्रणमा ल्याउन पनि नसकेको बताइन्छ। यस्तो भवितव्यलाई निगरानी र सहयोगमा नागरिकहरुलाई अधि आउन आग्रह गरेको छ। घटना स्थलमा देन्ताम महकुमा अधिकारी प्रवीण गौतमले पनि आज बिहान निरीक्षण गर्दै क्षयक्षतिको जायजा लिए भने एक सुरक्षित स्थानमा केहिदिनसम्म राखिने अनि आवश्यक सामग्रीहरु पनि बितरण गरेको छ।