राष्ट्रपति उम्मेदवार द्रौपदी मुर्मूसँगको भेटघाट कार्यक्रम स्थगित

Draupadi-Murmu-1-2

गान्तोक: आज हुने सिक्किमका प्रतिनिधिहरूसँग नेशनल डेमोक्रेटीक एलाइन्स समर्थित राष्ट्रपति उम्मेदवार द्रौपदी मुर्मूको भेटघाट कार्यक्रम स्थगित भएको छ। जापानका पूर्व प्रधानमन्त्री सिञ्जो आबेको हत्यापछि आज देशमा राष्ट्रिय शोक मनाउने भएकोले उक्त कार्यक्रम स्थगित गरिएको हो। स्थगित कार्यक्रम ११ जुलाईको दिन सम्पन्न हुने पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्रीका राजनीतिक सचिवले जानकारी गराएका छन्। जापानका पर्व प्रधानमन्त्री सिञ्जो आबेले आफ्नो कार्यकाल अवधि भारतसँगको राम्रो सम्बन्ध रहेको थियो। यसको साथै उनी भारतको राम्रो मित्र पनि भएको हुँदा उनको मृत्युमा देशव्यापी शोक मनाउने घोषणा भएको हो। नेशनल डेमोक्रेटीक एलाइन्स समर्थित राष्ट्रपति उम्मेदवार द्रौपदी मुर्मूको व्यस्त कार्यक्रम रहेको हुँदा साथै वर्षाको मौशममा सिक्किममा रोडमार्ग आउने सम्भव नरहेको हुँदा सिक्किमका प्रतिनिधिहरूसँगको भेट कार्यक्रममा सिलढ़ीमा आयोजन हुने पनि मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले प्रेसलाई जानकारी गराए। आज तय सम्पूर्ण कार्यक्रमहरू ११ जुलाईको सम्पन्न हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *