जिल्लास्तरीय विज्ञान नाटक प्रतियोगिता आयोजित

IMG-20230830-WA0003.jpg

गान्तोक: सोरेङ, गेजिङ र नाम्ची जिल्लाको मुख्यालयमा विद्यालयहरूलाई जिल्लास्तरीय विज्ञान नाटक मञ्चन गरियो। यस वर्षको प्रतियोगिताको थिम “मानव जातिको हितका लागि विज्ञान र प्रविधि” रहेको थियो: बाजरा – स्वादिष्ट खाद्य सुरक्षा, दैनिक जीवनमा आधुनिक प्रविधि, स्वास्थ्य सेवामा वर्तमान प्रगति र समाजमा अन्धविश्वास रहेको थियो। सो कार्यक्रममा गेजिङ जिल्लाबाट पाँचवटा विद्यालयबाट कूल ४० जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए। क्योङसा कन्या उच्चत्तर माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा शिक्षा विभागका उपनिर्देशक राजेश थापा मुख्य अतिथिकोरूपमा उपस्थिति रहेका थिए।

सो कार्यक्रममा निर्णायक मण्डलीकोरूपमा सहप्रध्यापक पवन राई, वैज्ञानिक डा. लाकी भोटिया, शिक्षक भावना तामाङ रहेका थिए भने क्योङसा विद्यालय प्रथम,कस्तुरबा गान्धी बालिका दोस्रो र सेन्ट्रल मार्तम तोस्रो बन्यो। सोही प्रकारले सोरेङ र नाम्ची जिल्लामा पनि विज्ञान नाटक प्रतियोगिता आयोजना गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement