याङथाङ सिर्जना क्लबद्वारा आयोजित फुटबल प्रतियोगिताको फाइनलमा दरमदिन र सुम्बुक भिड़ने

IMG-20220709-WA0197.jpg

सोरेङ: याङथोङ सिर्जना क्लबद्वारा आयोजित फूटबल प्रतियोगिताको फाइनलमा दरामदिन अनि सुम्बुङ पुगेको छ। आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा दरमदिन फुटबल क्लबले च्याखुङ स्पोर्ट्स एसोसिएसनलाई टाइ ब्रेकरमा २ गोलको विरुद्ध ३ गोलले पराजित गरी फाइनलमा प्रवेश गरेको छ। यसरी नै दोस्रो सेमिफाइनलमा सुम्बुकले कर्थोकलाई परास्त गर्‍यो। फाइनलको खिताबी भीडन्त दरमदिन एफसी र सुम्बुकमाझ हुनेछ। आयोजक समितिले यस प्रतियोगिताका बिजेता टोलीलाई नगद राशि ४० हजार र उपविजेता टोलीलाई नगद राशि ३० हजार रुपियाँ सहित आकर्षक ट्रफी प्रदान गरिने भएको छ। यस खुल्ला फुटबल प्रतियोगितामा मोठ ४८ दलले अंशग्रहण गरेको थियो।
आजको कार्यक्रममा राज्यको कृषि एवं बागवाणी बोर्डका अध्यक्ष सीके राणा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि अध्यक्ष राणाले
ग्रामीण क्षेत्रमा प्रतिस्पर्धात्मक खेलकूद र अन्य विविध कार्यक्रम आयोजना गर्नाले गाउँले प्रतिभाहरुले आफ्नो प्रतिभा दर्शाउने राम्रो मञ्च पाउने बताए। खेलकूदको आयोजनाले युवा जमातको स्वास्थ्य पनि राम्रो हुने अनि नशालु र मादक पदार्थबाट टाढ़ा रहन सहयोग पुग्ने पनि उनले थप बताए। आजको कार्यक्रममा दरामदिन समष्टिका एसकेएम युवा संयोजक रमेश गुरुङ, जिल्ला पञ्चायत जीवन गुरुङ, कर्थोक ब्लकका पञ्चायत उप-सभापति पासाङ लेप्चा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *