दैलोमा सरकार वा द्वारे सरकारको सातौ संस्करण यही सितम्बरम

IMG-20230829-WA0249.jpg

सुकेपोखरी: राज्यको मुख्य मन्त्री ममता बन्धोपाध्यायकी अनुप्रयासमा पश्चिम बंगाल राज्यका ग्रामीण जनसाधारणलाई घर आँगनमा सेवा अनि सुविधा प्रदान गर्न राज्य सरकारको दैलोमा सरकार कार्यक्रम अन्तर्गत ७ौ सँस्करण शिविर जोरबङगलो सुकेपोखरी खण्डको सबै ग्राम पन्चायतमा आगमी १ सेप्टेम्बर २०२३ देखि द्वारे सरकार शिविर आयोजना हुने छन्। दैलोमा सरकार शिविरमा लक्ष्मी भण्डार, पशु परामर्श, बैंकिंग सुविधा, राशिन कार्ड,आगनवाडी केन्द सम्बन्धित बिषय सगै यस सस्करणमा प्रवासी मजदुर कार्ड, बिजुलीको बिल भुक्तान, वृद्ध भत्ता लगायत अन्य धेरै बिभागीय विषयमाथि नि:शुल्क सेवा प्रदान गरिने छन्। यसै कार्यक्रममा विद्युत विभागबाट बिजुलीको थातीमा रहेको बील तथा नयाँ बिजुली जड़ान गर्ने विषयमा पनि कार्य गरिने छन्।  शिविर सम्बन्धित तालिका अनि बिभागिय सेवा अनि योजनाहरूको सूची खण्डको जनसाधारणको जानकारीको निम्ति कार्यलय अनि ग्राम पञ्चायत कार्यालयबाट प्राप्त गरिने छन्। आफ्नो सम्बन्धित ग्राम पञ्चायत क्षेत्रको शिविरमा पुगेर बिभिन्न बिभागिय सहुलियत अनि सेवाको लाभ उठाउने अनुरोध खण्ड बिकास अधिकारी सामीरूल इस्लामले गरेका छन्। खण्ड बिकास कार्यालय एक सभा बीच खण्डको नव निर्वाचित पञ्चायत समिति सभापति, सह सभापति अनि १६ वटा ग्राम पञ्चायत प्रधानको उपस्थितिमा चर्चा परिचर्चा गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement