हाम्रो पार्टी युवा एकाईले डीके प्रधानको पूत्ला जलाए

IMG-20230829-WA0244.jpg

दार्जीलिङ: हाम्रो पार्टीको युवा एकाईले डी के प्रधानको पुत्ला जलाइएको छ।हिज सोमबार शहरको एक भवनमा पाँच डेसिमल पटटाको विषयमाथि एक न्युज च्यानलले डिबेट, कार्यक्रमको आयोजना गरेको थियो। आयोजित डिबेट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय कार्यकर्ता एंव बरिष्ठ अधिबक्ता डी के प्रधानले पहाडको अधिकांश चिया श्रमिकहरूलाई सरदारहरूले ल्याएका थिए भन्ने जस्ता आफ्नो पक्ष राखेका थिए।हाम्रो पार्टी युवा एकाई जिल्ला कोअर्डिनेटर राप्गे राईको नेतृत्वमा आज शहरको चैक बजारमा डी के प्रधानको पूत्ला दहन कार्य गयो। यस अवधि पार्टी केन्द्रीय कमिटिको कार्यकर्ता रोवर्ड छेत्री,गोपाल परियार,रजत प्रधान,राजू सुब्बा आदि उपस्थित थिए। भागोप्रमो केन्द्रीय कार्यकर्ता एंव अधिबक्ता डी के प्रधानको पुत्ला दहन गर्दै गोर्खाहरूलाई अनुप्रबेशकारी भन्नेहरू मुर्दाबाद भन्ने जस्ता नाराहरू लगाए।यसै संदर्भमा हाम्रो पार्टी युवा एकाईको जिल्ला कोअर्डिनेटर राप्गे राईले हामी गोर्खा हरूलाई जहिले पनि संदेहको नजरले हेर्ने गर्छ तर आज हाम्रै शीर्ष नेतृत्वहरूले हामीलाई अनुप्रबेशकारी भन्ने समेत हिच्चाएको छैन भन्ने बताए।तिनले अधि भने हिज सोमबार एक डिबेट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भागोप्रमो केन्द्रीय कार्यकर्ता एंव अधिबक्ता डी के प्रधानले पहाडको अधिकांश मानिसहरू अनुप्रबेशकारी रहेको जस्ता बयान दिएको छ।प्रधानको बयानले हामी सम्र्पूण पहाडबासीहरू अति नै दुखी छौ राईले भने।गत केही दिन अधि मात्र सिलगढीको मतिगढामा हाम्रो गोर्खे नाबालिका चेलीको निर्मम हत्याले हाम्रो मन रूवाएको छ।आज फेरि हाम्रै नेता भनौदाहरूले हामीलाई अनुप्रबेशकारी भन्ने समेत पछि सरेको छैन यो भन्दा ठूलो घात अरू के हुन सक्छ भन्दै राईले प्रश्न तेर्साएको छ। हामी केन्द्र र राज्य सरकारलाई भन्ने गर्छौ हामी भूमिसंग आएको हो,हामीलाई कसैले ल्याएको होइन, यो जमीन यो भूमि हाम्रो हो,बंगालको नेतृत्वहरूले हामीलाई जहिले पनि बाहिरोबाट आएको हो भन्ने गर्छन तर आज हाम्रै पहाडको नेताले हामीलाई अनुप्रबेशकारी भन्न समेत चूका छैनन।हामीले गोर्खाल्याण्डको कुरामाथि मासरकार संग तर्क गर्दा अब के भन्ने?भन्दै प्रश्न तेर्साए। गत केही बर्ष अधि मात्र बंगालको एक नेताले हामीलाई नेपालको भन्दा गोजमुमो दुईको कार्यकर्ताहरूले यौ चैक बजारमा उसको पूत्ला दहन गरेका थियौ अनि त्यही गोजमुमो दुई अहिले भागोप्रमोको भएको हो अनि भागोप्रमोको नेताले हामीलाई अनुप्रबेशकारी भन्दैछ। गोर्खालाई जसले अनुप्रबेशकारी भन्छ,उसको पूत्ला यसरी नै जलाउँछौ राईले भने।गोर्खालाई अनुप्रबेशकारी भन्ने भागोप्रमोको नेताले समस्त गोर्खाहरूलाई माफी मांग्नु पर्छ।पाँच डेसिमल पटटाको विषय लिएर पहाडको यस्तो स्थिति सृजना भएको हो।यहा पटटा थाप्नेलाई भन्दा दिनेलाई के को हतार भन्दै राईले प्रश्न तेर्साए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement