मङपू: जीटीए क्षेत्रमा एस.एस.सी लागू हुनु भन्दा अघि लगभग ६०० भन्दा अधिक भोलियनटर टिचरहरुको स्थायी समाधान हुनपर्छ भन्ने मागमा आज देखि अस्थायी शिक्षक शिक्षिकागणले पेनडाउन कार्यक्रम शुरु गरेको छन्। मङपूको तीनवटा शारदा उच्चत्तर माध्यमिक विधालय;सरस्वती उच्चत्तर माध्यमिक विधालय अनि ज्ञानपीठ उच्चत्तर माध्यमिक विधालयमा पनि धेरै समय देखि भोलियन्टर टिचर गरिरहेका शिक्षक-शिक्षिकागणहरुले आज देखि शुर भएको अनिश्चितकालीन पेन डाउन कार्यक्रममा सहाभागिता जनाए।यसले गर्दा विद्यालयको नानीहरुको पडाईमा पनि वाधा उत्पन्न भएको छ।मङपू शारदा उच्चत्तर माध्यमिक विधालयमा मात्र १४ जना भोलियनटियर टिचरहरु पेन डाउन आन्दोलनमा उत्रिएको छ।
अस्थायी शिक्षकशिक्षिकागण नै विद्यालयमा नभएपछि नानीहरुको शिक्षामा धेरै नै असर परेको कुरा शारदा विधालयका प्रधानअध्यपक प्रकाशचन्द्र राईले बताएका छन् ।दुई सालको कोरोना कालपछि आज फेरि अशिक्षण शिक्षक शिक्षिकागणको अनिश्चितक्कालीन पेनडाउन आन्दोलनले नानीहरुको शिक्षा माथी ठुलो बाधा आईपरेको बताउदै प्रधानअध्यपक राईले भोलियन्टर टिचरहरुको यस मागलाई यथाशीघ्र जीटीएले ध्यान दिएर समस्यको समाधान गरिदिने माग गरेका छन्।
जीटीए भोलियन्टर टिचर अर्गनाइजेसनले आज पनि लालकोठीमा गएर जीटीए शिक्षा विभागका सभासदलाई भेट गर्न जाँदा नभेटिएको कुरा संस्थाका सदस्य पवन बलले जानकारी दिदै जीटीए क्षेत्रमा एसएससी लागू हुन अघि नै जीटीए सभाले भोलियनट्यार टिचरहरुको समस्य समाधान गरेको हुनुपर्ने माँग भोलीयन्ट्यार टिचर अर्गनाइजेसन गरिरहेका छन्। जबसम्म अस्थायी शिक्षक शिक्षिकागणको समस्य समाधान हुँदैन तबसम्म अनिश्चितकालीन पेन डाउनको कार्यक्रम जारी रह्ने संस्थाका प्रतिनिधि पवन बलले जनाएका छन्।