फाँसीदेवा: वाहनको धक्काले जंगली चितुवा मरेको घटना फाँसीदेवा ब्लकको कमला चियाकमान संलग्न राष्ट्रिय राजमार्गमा घटेको हो। स्थानीय मानिसहरूले अनुमान लगाए अनुसार चियाकमानमा ओहोर-दोहोर गर्ने क्रममा द्रुत गतिमा आइरहेको वाहनको धक्का लागेर नै चितुवा मरेको हो। घटनाको खबर पाएर वन कर्मीहरू घटनास्थलमा नआएपछि स्थानीय मानिसहरूले क्षोभ प्रकट गरे। पछि घोषपुकुर आउटपोस्टका पुलिस र ट्राफिक पुलिस घटनास्थलमा पुगेर उक्त मरेको चितुवा उद्धार गरेर घोषपुकुर वन विभागलाई सुम्पिदिएको बताइएको छ।










