गान्तोक: केन्द्रिय विदेश मामिला एवं शिक्षा राज्यमन्त्री डा. राजकुमार रञ्जन सिंह आफ्नो तीनदिने सिक्किम भ्रमणको निम्ति आज बिहान बाघडुग्रा विमानस्थलमा उत्रिएपछि सिक्किम आइपुगेका छन्। उनीसँग उनकी धर्मपत्नी श्रीमती देबाला देवी, एपीएस सेराम तोम्बी मैती अनि पीए पुङगामलुई दाङमई साथमा रहेका छन्।
उनीलाई रम्फूमा विधायकद्वय फरवन्ती तामाङ, राजकुमारी थापा, स्टेट प्रोटोकल अफिसर पी. पुलगर, रम्फूका महकुमा अधिकारी, महकुमा पुलिस अधिकारी लगायत अन्य अधिकारीहरूले स्वागत जनाएका थिए।
यसअघि केन्द्रिय राज्यमन्त्रीलाई सिलगड़ीस्थित बाघडुग्रा विमानस्थलमा सिक्किम भाजपा राज्य समितिका अध्यक्ष डीबी चौहान, विधायक वाई टी लेप्चा, महासचिव सुदीप प्रधान, शिक्षा विभागीय संयुक्त निदेशक राप्गे भोटिया लगायत अन्य अधिकारीहरूले स्वागत जनाए।