मिस्रमा हुने ‘ब्राइट स्टार’ अभ्यासको लागि भारतीय सेनाको टुकड़ी प्रस्थान

unnamed-1_22.jpg

मध्य पूर्व औ उत्तरी अफ्रिका क्षेत्रमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास हो

भारतले पाँच लड़ाकू मिग-२९, दुई परिवहन र ट्यांकर विमानलाई पठाएको

नयाँ दिल्ली: मिस्रको मोहम्मद नागुइब सैन्य अड्डामा आगामी ३१ अगस्तदेखि शुरू हुने अभ्यास ‘ब्राइट स्टार’- मा भाग लिनको लागि भारतीय सेनाको टुकड़ी मंगलवार वायु सेनाको परिवहन विमान मार्फत प्रस्थान भएको छ। यस टुकड़ीमा १३७ कर्मी सामेल छन्। आगामी १४ सेप्टेम्बरसम्म संचालन हुने उक्त अभ्यासमा सामेल हुनको लागि वायु सेनाको टीम दुई दिनअघि प्रस्थान भइसकेको छ।

रक्षा मन्त्रालय अनुसार यो तीनैवटा सेनाहरूको बहुराष्ट्रिय संयुक्त सैन्य अभ्यास हो जसको नेतृत्व यूएस सेन्टकम र मिश्रको सेनाले गर्नेछ। यसको शुरूआत सन् १९७७- सालमा भएको क्याम्प डेभिड समझौता अवधि अमेरिका र मिस्रबीच द्विपक्षीय द्विवार्षिक प्रशिक्षण अभ्यासको रूपमा भएको थियो। अभ्यासको पहिलो संस्करण सन् १९८० सालमा मिस्रमा सम्पन्न भएको थियो। सन् १९९५ सालदेखि अन्य देशहरूलाई सहभागी गराउनको लागि यस अभ्यासलाई विस्तार गरियो। ब्राइट स्टारको पछिल्लो अभ्यास वर्ष २०२१-मा भएको थियो जसमा २१ वटा देशका सेनाहरूले भाग लिएका थिए।

अभ्यास ‘ब्राइट स्टार’- मा यस वर्ष ३४ वटा देशहरूले भाग लिरहेका छन्। भारतीय सशस्त्र बलले ५४९ कर्मीहरूको साथमा ‘ब्राइट स्टार’ अभ्यासमा भाग लिएको यो पहिलो अवसर हो। भारतीय सेनाको प्रतिनिधित्व २३ जाट बटालियनको टुकड़ीले गर्नेछ। काहिरा एयरबेसमा हुने अभ्यास ब्राइट स्टारको यस संस्करणमा पहिलो पटक भारतको वायु सेनाले भाग लिनेछ। द्विवार्षिक बहुपक्षीय त्रि-सेवा अभ्यासमा भाग लिनको लागि आईएएफको टुकड़ी दुई दिनअघि प्रस्थान भइसकेको छ। भारतले पांच लड़ाकू मिग-२९, दुई ट्यांकर विमान आईएल-७८, दुई सी-१३० र दुई सी-१७ परिवहन विमान पठाएको छ।

यस अभ्यासमा उदियमान अपरम्परागत खतराहरूको सामना गर्ने तथा विश्व शान्ति कायम राख्ने उद्देश्यले भाग लिने देशहरूबीच ठूलो संख्यामा क्षेत्रीय साझेदारी बढ़ाउनेमाथि केन्द्रित हुनेछन् प्रशिक्षण गतिविधिहरू। ”ब्राइट स्टार”- मा सामरिक परिस्थितिमाथि आधारित एक संयुक्त हतियार लाइभ फायरिंग अभ्यास पनि सामेल हुनेछ। साइबर सुरक्षालाई लिएर समसामयिक विषयहरूमाथि एक प्यानल चर्चा आयोजन गर्ने योजना छ जसमा भाग लिनेहरूमा भारतीय सशस्त्र बल प्रमुख हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *