२९ अगस्तः मटेलीमा डुवर्स भिजन सोसाइटीको तत्त्वावधानमा आयोजित डुवर्स कप ओपन नक्आउट फूटबल टुर्नामेण्टमा कालेबुङको जर्जियन युनाइटेड एफसी-ले रोमाञ्चक जीत हासिल गरी क्वार्टर फाइनलमा स्थान बनायो। मटेली हाई स्कूल खेल मैदानमा मंगलवार भएको म्याचमा जर्जियन युनाइटेडले एसटी ब्रदर्स, रांगामाटीलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रवीण सुब्बा र रुलेन सुब्बाले गोल गरे। यसरी एसटी ब्रदर्सबाट एमबाप्पाले गोल गरे। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ९ र १० सेप्टेम्बरमा हुनेछ। फाइनल १२ सेप्टेम्बरमा खेलिनेछ।