गान्तोकः निर्वासित तिब्बती संसदका सदस्यहरू यूडन औकाटसाङ, गेशी मोन्लम थार्चिन र टाशी डोन्डुपले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग उनको मिन्तोकगाङस्थित सरकारी आवासमा भेट गरेका छन्।
प्रतिनिधि टोलीले मुख्यमन्त्रीलाई सिक्किममा तिब्बती समुदायसॅंग सम्बन्धित विषयहरूको बारेमा जानकारी गराउॅंदै सरकारका प्रयासहरूको सराहना गरे। चानमारीमा सामुदायिक हल निर्माण गर्न बजेटमा प्रावधान राखिदिएकोमा पनि प्रतिनिधि टोलीले सरकारप्रति कृतज्ञता व्यक्त गरे।
मुख्यमन्त्रीले सिक्किममा तिब्बती समुदायलाई हर आवश्यक समर्थनको आश्वासन दिए। उनले सरकार र समुदायबिच समन्वय कायम राख्न एक जन सम्पर्क अधिकारी नियुक्त गर्ने सरकारको योजनाको बारेमा पनि जानकारी गराए।