प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङद्वारा श्रम विभागको कार्यालयमा बुझाए ज्ञापन

IMG-20230829-WA0248.jpg

खरसाङ: प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमाको एक प्रतिनिधि टाेलीले खरसाङ नयाँ बजारस्थित लेवर अफिस गई विभिन्न समस्याहरु विषयहरुमा लिखित रुपमा ज्ञापन पत्र बुझाएका छन्। यस क्रममा जसरी सरकारले दिएका सहुलियतहरू श्रमिकहरु समक्ष पुराउनु हेतु यस विषयमा ज्ञापन दिने क्रममा संगठनका संयाेजक एल्जिन ब्राह्मण, सदस्य रञ्जन तामाङ, सदस्य प्रवस्कर सार्कीकाे उपस्थित रहेको थियाे। दैनिक हाजिरी कामदार, दाेकानमा कार्य गर्ने, चालक दाजुभाइ साथै मसिना काराेबार गर्ने, हाेटलका कामदारहरु सबैकाे विमा साथै विभिन्न सहलुयतहरु सरकारले दिएका छन्। दुर्घटना बिमा, मृत्युपछि परिवार पक्षलाई सहयाेग साथै काम गर्दै गरेकाे बेला कुनै दुर्घटना भएको खण्डमा सहयाेग यस्तै विभिन्न याेजनाहरु सरकारले दिएका छन् भने यसकाे निम्ति अब संगठनले लगातार रुपमा काम गर्ने भएको छ। यसको निम्ति श्रमिकहरुलाई जागरुक गराउन लेबर डिपार्टमेन्टकाे सहयाेगमा जागरुक कार्यक्रमहरु गरिने भएको छ भनी संयोजक एल्जिन ब्राह्मण्डले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement