हाम्रो पार्टीको युवा एकाईद्वारा दार्जिलिङमा डीके प्रधानको पुत्ला दहन

IMG-20230829-WA0241.jpg

जसले हामीलाई अनुप्रवेशकारी भन्छ,उसको पूत्ला यसरी नै जलाउनेछौं: राप्गे राई

दार्जीलिङ: हाम्रो पार्टीको युवा एकाईले डीके प्रधानको पुत्ला दहन गरेको छ।हिजो सोमबार शहरको एक भवनमा पाँच डेसिमल पट्टाको विषयमाथि राखिएको चर्चा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय उपाध्यक्ष एंव वरिष्ठ अधिवक्ता डीके प्रधानले पहाडको अधिकांश चिया श्रमिकहरूलाई सरदारहरूले ल्याएका थिए भन्ने जस्ता आफ्नो पक्ष राखेका थिए।हाम्रो पार्टी युवा एकाई जिल्ला कोअर्डिनेटर राप्गे राईको नेतृत्वमा आज शहरको चौक बजारमा डीके प्रधानको पूत्ला दहन कार्य गरेको छ। यस अवधि पार्टी केन्द्रीय कमिटिको कार्यकर्ता रोबर्ट छेत्री, गोपाल परियार, रजत प्रधान, राजु सुब्बा आदि उपस्थित थिए। भागोप्रमो केन्द्रीय कार्यकर्ता एंव अधिवक्ता डीके प्रधानको पुत्ला दहन गर्दै गोर्खाहरूलाई अनुप्रवेशकारी भन्नेहरू मुर्दाबाद भन्ने जस्ता नाराहरू लगाए। यसै सन्दर्भमा हाम्रो पार्टी युवा एकाईको जिल्ला को-अर्डिनेटर राप्गे राईले हामी गोर्खाहरूलाई जहिले पनि संदेहको नजरले हेर्ने गर्छ तर आज हाम्रै शीर्ष नेतृत्वहरूले हामीलाई अनुप्रवेशकारी भन्ने समेत हिच्चाएको छैन भन्ने बताए। तिनले भने, हिज सोमबार एक डिबेट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भागोप्रमो केन्द्रीय कार्यकर्ता एंव अधिवक्ता डीके प्रधानले पहाडको अधिकांश मानिसहरू अनुप्रवेशकारी रहेको जस्ता बयान दिएको छ। प्रधानको बयानले हामी सम्पूर्ण पहाडवासीहरू अति नै दु:खी छौं राईले भने। गत केही दिन अघि मात्र सिलगढीको मतिगढामा हाम्रो गोर्खे नाबालिका चेलीको निर्मम हत्याले हाम्रो मन रूवाएको छ। आज फेरि हाम्रै नेता भनौदाहरूले हामीलाई अनुप्रवेशकारी भन्ने समेत पछि सरेको छैन यो भन्दा ठूलो घात अरू के हुन सक्छ भन्दै राईले प्रश्न तेर्साएको छ। हामी केन्द्र र राज्य सरकारलाई भन्ने गर्छौं हामी भूमिसंग आएको हो। हामीलाई कसैले ल्याएको होइन, यो जमीन यो भूमि हाम्रो हो,बंगालको नेतृत्वहरूले हामीलाई जहिले पनि बाहिरबाट आएको हो भन्ने गर्छन् तर आज हाम्रै पहाडको नेताले हामीलाई अनुप्रवेशकारी भन्न समेत चूकेका छैनन्। हामीले गोर्खाल्याण्डको कुरामाथि सरकारसंग तर्क गर्दा अब के भन्ने?भन्दै प्रश्न तेर्साए। गत केही वर्ष अघि मात्र बंगालको एक नेताले हामीलाई नेपालको भन्दा गोजमुमो दुईको कार्यकर्ताहरूले यौ चैक बजारमा उसको पूत्ला दहन गरेका थियौ अनि त्यही गोजमुमो दुई अहिले भागोप्रमोको भएको हो अनि भागोप्रमोको नेताले हामीलाई अनुप्रबेशकारी भन्दैछ। गोर्खालाई जसले अनुप्रबेशकारी भन्छ,उसको पूत्ला यसरी नै जलाउँछौ राईले भने।गोर्खालाई अनुप्रबेशकारी भन्ने भागोप्रमोको नेताले समस्त गोर्खाहरूलाई माफी मांग्नु पर्छ।पाँच डेसिमल पटटाको विषय लिएर पहाडको यस्तो स्थिति सृजना भएको हो। यहाँ पट्टा थाप्नेलाई भन्दा दिनेलाई के को हतार भन्दै राईले प्रश्न तेर्साए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement