किंग्स कपको निम्ति २३ सदस्यीय भारतीय टीमको घोषणा, सुनिल छेत्रीलाई विश्राम

IMG-20230829-WA0246.jpg

२९ अगस्तः भारतीय फूटबल टीमलाई किंग्स कप फूटबल टुर्नामेण्टमा चमत्कारी स्ट्राईकर सुनिल छेत्रीको सेवा प्राप्त हुनेछैन अनि उनको अनुपस्थितिमा मनवीर सिंहले अग्रिम पंक्तिको नेतृत्व गर्नेछन्। टीमका नियमित कप्तान सुनिल छेत्री चाँड़ै पिता बन्नेछन् अनि परिवारलाई समय दिनको निम्ति उनलाई यस टुर्नामेण्टमा विश्राम दिइएको छ। उनी एशियन गेम्सको निम्ति चाहिँ भारतीय टीममा उपलब्ध रहनेछन्। चारदेशीय यस टुर्नामेण्टको आयोजन नक्आउट प्रारूपमा हुनेछ। यसको आयोजन थाईल्याण्डको चियांग माईमा ७-देखि १० सेप्टेम्बरसम्म हुनेछ। टुर्नामेण्टको ४९औं सत्रको निम्ति भारतीय प्रशिक्षक इगोर स्टीमाकले २३ सदस्यीय टीमको घोषणा गरेका छन्। भारतको पहिलो म्याच ईराक विरुद्ध रहेको छ। भारत फिफा ऱ्यांकिंगमा ९९औं र ईराक ७०औं स्थानमा रहेको छ। टुर्नामेण्टमा आयोजक थाईल्याण्ड (११३औं) र लेबनान (१००औं स्थान) पनि रहेको छ।
भारतीय टीमः
गोलकीपरः गुरप्रीत सिंह संधू, अमरिन्दर सिंह, गुरमीत सिंह
डिफेण्डरः आशिष राई, निखिल पुजारी, सन्देश झिंगन, अनवर अली, मेहताब सिंह, लालचुंगननुंगा, आकाश मिश्रा, सुभाशिष बोस।
मीडफिल्डरः जेक्सन सिंह थौनाओजम, सुरेश सिंह वांगजम, ब्रेण्डन फर्नाण्डिस, सहल अब्दुल समद, अनिरुद्ध थापा, रोहित कुमार, आशिक कुरुनियान, नाओरेम महेश सिंह, लालियानजुआला छांगटे।
फरवर्डः मनवीर सिंह, रहीम अली, राहुल केपी।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement