याकथुङ स्टार अन्जना र ऐतहाङलाई रम्फूमा भव्य स्वागत

IMG-20230830-WA0007.jpg

रम्फूः छिमेकी राष्ट्र नेपालको बिर्तामोडमा आयोजित याक्थुङ स्टार सीजन १ को विजेता अनि दोश्रो उप विजेता आइतहाङ लिम्बूलाई गृहराज्य सिक्किममा आज भव्य स्वागत जनाइयो। आज आयोजित भव्य स्वागत कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रुपमा उपस्थित थिए भने उनकी धर्मपत्नी कृष्ण राई, मन्त्री भिमहाङ लिम्बू, सांसद इन्द्रहाङ सुब्बा, मुख्यमन्त्रीका राजनीतिक सचिव लगायत अन्यहरूको पनि उपस्थिति रहेका थिए।

नेपालमा आयोजित याक्थुङ स्टार सीजन १ को विजेता अनि दोश्रो उप विजेताहरूलाई स्वागत जनायो। मुख्यमन्त्री तामाङले यी दुवै कलाकारहरूलाई प्रशस्ति प्रशस्त पत्र प्रदान गरेर सम्पूर्ण सिक्किमे जनताको पक्षबाट बधाई दिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले यो जीतको निम्ति सम्पूर्ण सिक्किमबासीको पक्षबाट बधाई दिए। यी कलाकारहरूको जीतले अन्तरराष्ट्रिय स्तरमा सिक्किमको नाम रोशन भएर गएको बताए। उनीहरूको कलाकारिताले लिम्बू समाज अनि संस्कृति अवश्य धनाढ्य हुने कुरामा मुख्यमन्त्री तामाङले विचार व्यक्त गरे।

आगामी दिनमा यी दुई कलाकारहरूलाई गीति एल्बम निर्माण गर्नको निम्ति सिक्किम सरकारले सहयोग गर्ने पनि मुख्यमन्त्रीले घोषणा गरे। एकपछि अर्को युवाहरूले विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शनी गर्दै राज्यको नाम रोशन गर्दा आफूलाई धेरै गर्व लाग्ने गरेको पनि उनले बताए। जुनै पनि क्षेत्रमा केही गर्छु भन्ने युवाहरूलाई सरकारले अवश्यै सहयोग गर्ने पनि उनले आश्वासन दिए। यसरी मुख्यमन्त्री स्वयं उपस्थित बनेर आफूहरूलाई स्वागत जनाएकोमा आफूहरूलाई झनै उत्साह मिलेको यी कलाकारद्वयले बताए। यसरी कलाकारहरूलाई सम्मान गर्ने प्रथा राज्यमा निर्माण गरेकोमा मुख्यमन्त्रीप्रति आभार व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement