नाम्चीमा पनि पालन गरियो राष्ट्रिय खेलकूद दिवस

IMG-20230829-WA0277.jpg

नाम्चीः नेहरू युवा केन्द्र, स्पोर्टस अथोरिटी अफ् इन्डिया र स्पोर्टस ट्रेनिङ सेन्टरको संयुक्त पहलमा आज नाम्ची जिल्लास्थित भाइचुङ स्टेडियममा राष्ट्रिय खेलकूद दिवस भव्यरूपमा पालन गरियो। उक्त अवसरमा नेहरू युवा केन्द्र नाम्चीका प्रभारी भाबा सिन्दि मल्लिक, एसटीसीका प्रभारी रूबेन प्रधान लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा हकी खेलका लिजेन्ड मानिने मेजर ध्यानचन्दलाई सम्झन्दै उनको हकीप्रतिको योगदानबारे जानकारी गराइयो। रूबेन प्रधानले जानकारी गराए अनुसार, यो दिनले भारतीय खेलाडीहरूको उपलब्धिलाई दर्शाउनको साथै खेलकूदमा सहभागी हुन र स्वस्थ जीवनशैली कायम राख्न मानिसहरूलाई प्रोत्साहन गर्ने बताए। सो कार्यक्रमलाई एक उत्सवकोकोरूपमा लिँदै कर्मचारी र एसएआईका विद्यार्थीहरू बीच विभिन्न गतिविधिहरू खेलाइयाे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement