खाने पानीको समस्याबाट मुक्त बने लोवर स्यारीवासी

si-16

गान्तोकः एसकेएम पञ्चायत प्रकोष्ठका उपाध्यक्ष प्रभारी तेञ्जिङ नर्बु लाम्टाको पहलमा यहाँको लोवर स्यारीवासीले एक महीनाभन्दा अधिक समयदेखि भोग्न परिरहेको खाने पानीको समस्या अन्ततः समाधान भएको छ। यसको निम्ति गाउँवासीले उनीसँगै राज्य सरकारप्रति धन्यवाद दिएका छन्। जानकारी गराइन्छ, लोवर स्यारीमा लगभग १५० परिवार बसोबासो गर्छन्। केही दिनअघि अत्यधिक वर्षापछि आएको प्राकृतिक प्रकोपको कारण त्यहाँका मानिसहरूले खाने पानीको समस्या भोगिरहेका थिए। गाउँवासीको परिस्थितिलाई ध्यानमा राख्दै एसकेएम पञ्चायत प्रकोष्ठका उपाध्यक्ष प्रभारीको सक्रियतामा यो समस्या समाधान गरिएको छ।

क्षेत्रका वरिष्ठ नागरिकहरूले आफूहरूले भोग्नु परिरहेको समस्या राखेपछि उनले तत्कालै पाइप, पानी तान्ने पम्प अनि ट्याङ्की जस्ता आवश्यक सामग्री प्रदान गरेपछि गाउँलेहरूको सहयोगमा मुख्य ट्याङ्कीबाट पानी आपूर्तिको व्यवस्था पुनःस्थापित गर्ने कार्य भएको छ। यसपछि लोवर स्यारीका मोठ १५० परिवार खाने पानीको समस्याबाट मुक्त बनेका छन्। समस्या समाधान भएपछि क्षेत्रवासीले खुशी व्यक्त गर्दै एसकेएम पञ्चायत प्रकोष्ठका उपाध्यक्ष प्रभारीसँगै राज्य सरकारप्रति आभार प्रकट गरेका छन्। यसरी नै मुख्यमन्त्री प्रेमसिंह तामाङको कुशल नेतृत्वमा क्षेत्रवासीको हरेक समस्या समाधान गर्न आफू तत्पर रहेको उनले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement