वरिष्ठ साहित्यकार एंव शिक्षाविद हस्त नेचाली अभिनन्दन ग्रन्थ प्रकाशित गरिने

IMG-20230829-WA0230.jpg

खरसाङ: साहित्यकार हस्त नेचालीको जीवनी र साहित्यिक योगदानलाई लिएर अभिनन्दन ग्रन्थ प्रकाशित गरिने भएको छ। भारतीय नेपाली साहित्यको वरिष्ठ साहित्यकार हस्त नेचालीको विषयमा उनका भूतपूर्व विद्यार्थीहरूद्वारा जमर्को गरेर अभिनन्दन ग्रन्थ प्रकाशित गर्ने भएका छन्। विशेष गरेर वरिष्ठ साहित्यकार हस्त नेचालीले लामो समयसम्म तीनधारेमा रहेर शिक्षा र साहित्यमा विशेष योगदान दिएका थिए। उनले तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमा शिक्षक अनि प्रधान अध्यापकको रूपमा कार्य गरेका थिए। उनको योगदानलाई मूल्यांकन गर्दै भूतपूर्व विद्यार्थी युवराज सुन्दास र डा अमीर ठटालको सम्पादनमा हस्त नेचाली अभिनन्दन ग्रन्थ प्रकाशि गर्ने भएका छन्। यस विषयमा दुवैले कुराकानी गर्दै तीनधारे क्षेत्रमा लामो समयदेखि शिक्षा र साहित्यमा सेवा गरेका एंव भूतपूर्व शिक्षक हस्त नेचालीको योगदानलाई लिएर अभिनन्दन ग्रन्थ प्रकाशित गरिने र यस अभिनन्दन ग्रन्थको काम लगातार रूपमा भईरहेको साथै सरको विषयमा कुनै भूतपूर्व विद्यार्थीहरु र साहित्यकारहरूले पनि रचना लेख्न सक्ने तर उक्त रचना झट्टै पठाउनु पर्ने आह्वान् गरिएको छ। उक्त अभिनन्दन ग्रन्थ अागामी दशैं अघि नै प्रकाशित गर्ने लक्ष्य राखिएकोले सबैले झट्टै रचनाहरू पठाउने निवेदन दुवैले गरेका छन्। भारतीय नेपाली साहित्यको वरिष्ठ साहित्यकार एंव शिक्षाविद् हस्त नेचालीको शिक्षा र साहित्य लगायत विभिन्न क्षेत्रहरूलाई लिएर अभिनन्दन ग्रन्थ प्रकाशित गरिने भएको छ। वरिष्ठ साहित्यकार हस्त नेचालीले विभिन्न पुस्तकहरू प्रकाशित गरेका छन्। उनले सत्तरको दशकदेखि साहित्यम् कृतिहरू प्रकाशित गर्दै आएका छन्। उनको कृतिहरूमा ‘प्रबन्ध रचना र व्याकरणका केही अंशहरू (१९७३), अनन्त प्रतीक्षा (कथा संग्रह) – १९७८, डोग्री साहित्यको इतिहास ( अंग्रेजीबाट अनुदित) – १९८३, समीक्षा संकलन – 1984, केही चिन्तन : केही मनन (२००२), समयको बालुवामाथि केही पाइला छापहरू (२००९), भारतीय नेपाली साहित्य स्रष्टाहरू – २०१० भाग एक र भाग दुई – २०१६, नेपाली (वाहिङ) राईका धार्मिक र सांस्कृतिक परम्पराहरू – २०११, समर्पण ( मौलिक नाटक) र पाँच रेडियो नाटकहरू – २(१४, अनौठो सम्झौता (कथा संग्रह)- २०१६ आदि प्रकाशित छन् उनले पुस्तकहरू र पत्र पत्रिकाहरू पनि सम्पादन गरिसकेका छन्। यसबाहेक उनले थुप्रै पुरस्कारहरू र सम्मानहरू प्राप्त गरिसकेका छन्। उनको विभिन्न पक्षहरू लिएर अभिनन्दन ग्रन्थ प्रकाशित गरिने भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *