गान्तोक: गेजिङ पुलिस थाना क्षेत्रमा आफ्नै कान्छा बुबाले एकजना १४ वर्षीय नाबालिगमाथि यौन दुर्व्यवहार गरेको घटना प्रकाशमा आएको छ।
पुलिस अनुसार, नाबालिगमाथि कान्छा बुबाले गत मार्च महिनामा धेरैपल्ट यौन दुर्व्यवहार गरेको आरोप छ। सीडब्ल्युसी सदस्यहरूले गरेको परामर्शमा नाबालिगले यस्तो खुलासा गरेकी छन्।
जॉंचपछि ४५ वर्षीय आरोपित व्यक्तिलाई पक्राउ गरिएको छ। यस घटनाको सन्दर्भमा पुलिसले आईपीसीको धारा ३५४(ए)/५०६ र पोक्सो अधिनियम २०१२ अन्तर्गत मामिला दर्ता गरेको छ।