कालचिनीः मेजर ध्यानचन्द जन्मदिनलाई राष्ट्रिय खेल दिवसको रुपमा पालन गर्दै आईरहेको मङ्गलबार एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको प्राङ्गणमा एसएसबीद्वारा विभिन्न खेलहरूको प्रदर्शनसितै शपथ ग्रहण पनि गरेको थियो।
गत २२ अगस्तदेखि २९ अगस्तसम्म मेगा स्पोर्ट्स वीकको रुपमा पालन गरिएको र मङ्गलबार मेजर ध्यानचन्दको जन्मदिन पालनसितै ब्याडमिन्टन, भली बल, फूटबल टेबल टेनिस कबड्डी आदि खेलहरूमा सहभागी खेलाड़ीहरूलाई पुरस्कार प्रदान गरिएको एसएसबी सुत्रले जनाएका छन्।