हामीले पट्टा थाप्नेसाथ शरणार्थी हुन्छौं अनि शरणार्थी भएपछि अलग राज्य माग गर्नु सक्दैनौं: पेम्बा रिम्पोर्छे

IMG-20230829-WA0226.jpg

खरसाङ: पर्जा पट्टा विषयमा दार्जिलिङमा राखिएको चर्चा विषयमा भागोप्रमोको डीके प्रधानले दिएको वक्तव्यको बौध्द धर्म गुरु एंव भाजपा नेता पेम्बा रिम्पोर्छेले घोर विरोध जनाएका छन्। उनले पर्जा पट्टा विषयमा राखिएको चर्चा कार्यक्रममा अाफुलाई पनि बोलाइएको भए पनि कतिपय कारणले जानु नपाएको तर चर्चा कार्यक्रममा सत्ता पक्षबाट जबरजस्ती गर्न खोजिएको बताएका छन्। रिम्पोर्छेले चर्चामा इतिहास नबुझीकन बोलेको आरोप लगाउँदै उनीहरूका बाजे बराजु नेपालबाट ल्याएको होला तर मेरो बाजे बराजु यतैको हो। भारत स्वाधीन हुन अघि नै ईस्ट ईण्डिया कम्पनी हुँदा पनि हाम्रो बाजे बराजु यतैको थिए। दार्जिलिङ भारतमा नहुँदा पनि हामी यहाँ नै थियौं भनी बताएका छन्। पेम्बा रिम्पोर्छेले अघि भने, पर्जा पट्टा विषयम बंगाल सरकारले धेरै वर्ष अघिदेखि रिहर्सल गरिरहेका थिए जतिबेला विभिन्न जात गोष्ठीहरूको विकास बोर्ड गठन गरिएको थियो। बोर्डले नीलो रंगको च्यादर भएको घर बनाएर जीयो ट्यांक गराएर सेटलाइटबाट फोटो क्लिक गरेर नीलो छाना भएको घरहरूमा हामीले शरणार्थीहरूलाई शरण दिएका छौं भन्न खोजेको र अहिले आएर चियाबारीलाई लक्ष्य राखेर शरणार्थी पट्टा दिएर शरणर्थी बनाउन खोजेको आरोप लगाए। तर यो पट्टा कुन विभागबाट वितरण गरिनेछ भनी प्रश्न गर्दै गोर्खाहरूको हितको लागि साथै पहाड़को लागि तौजी विभागलाइ भनेर सोझै पर्जा पट्टाको मालिकनामा हक दिलाउन सक्छ भनी बताएका छन्। उनले आज हामीले पट्टा थाप्नेसाथ शरणार्थी हुन्छौं अनि शरणार्थी भएपछि अलग राज्य माग गर्नु सक्दैनौं भनी बताए। उनले पहाड़मा १९८६, २००७ र २०१७ शहीद भएको पर्जा पट्टाको लागि होइन तर अलग राज्यको लागि हो भनी बताएका छन्। पेम्बा रिम्पोर्छेले ५ डेसीमल जमीन भनेको १८×२२ को घर र ९ फिटको भान्सा घर हुन्छ। तर शुभ र अशुभ घरहरु कार्य कता गर्नु, कता गाँड्नु भनी बताए। उनले जीटीएमा चियाबारी पर्दैन भन्ने भन्नेहरूले अहिले आएर बगानको ५ डेसिमलको कुरा गरिरहेका छन्। अब यो पर्जा पट्टा विषयमा हामी कसैले पनि चर्चा गर्नु हुँदैन भनी बताए। उनले हाम्रो अनुहार नै पर्जा पट्टा हो, भोटर कार्ड, आधार कार्ड सबै पर्जा पट्टा हो भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement