सिलगढ़ीमा आदिवासी नाबालिगसित दुष्कर्म

IMG-20230528-WA0320-5-300x172-18

सिलगढ़ीः आदिवासी नाबालिगसित दुष्कर्मको एक मामिला सिलगढ़ीको नक्सलबाड़ीबाट प्रकाशमा आएको छ। घटनालाई लिएऱ आज नक्सलबाड़ी थाना बाहिर तनावपूर्ण माहोल देखियो। जानकारी अनसार, नाबालिग सोमवार साझँ आफ्नो साथीको घरबाट आइरहेकी थिइन्। तब एक युवकले नाबालिगलाई एक्लो देखेर उसको साथ दुष्कर्मको घटनालाई अन्जाम दियो। घटना प्रकाशमा आउनसाथ स्थानीय मानिसहरूले आरोपित युवकलाई समाएर नक्सलबाड़ी थाना पुलिसलाई सुम्पे। आज पीड़ित परिवारको तर्फबाट आरोपित युवक विरूद्ध थानामा दुष्कर्मको लिखित शिकायत दर्ता गराइएको छ।

स्थानीय मानिसहरूले आरोपित युवकलाई कड़ाभन्दा कड़ा सजाय दिने माग गर्दै नक्सलबाड़ी थानालाई घेरेर जमेर विरोध प्रदर्शन गरे। जसबाट थाना परिसरमा तनाव फैलियो। खबर पाएर सिलगढ़ी महकुमा परिषदका सभाधिपति अरूण घोष पनि घटनास्थलमा पुगे। तब गएर माहोल शान्त भयो। पुलिस अघिको कारबाहीमा जुटेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement