लिप्स एण्ड बाउण्ड्स फाइल मामिलामा कोलकाता पुलिसद्वारा ईडी अधिकारीलाई लालबजार आमन्त्रित

IMG-20230410-WA0169-11-300x172-18

कोलकाताः अभिषेक ब्यानर्जीको लिप्स एण्ड बाउण्ड्स कम्पनीमा ईडीको जॉंच अवधि कम्प्यूटरमा संदिग्ध फाइल डाउनलोड गरिएको मामिला चर्किन्दै गइरहेको छ। ईडीले दिएको मेल-स्पष्टीकरणबाट लालबजार सन्तुष्ट छैन। सूत्रहरू अनुसार, कोलकाता पुलिसले लालबजारमा एक ईडी अधिकारीलाई व्यक्तिगत रूपमा उपस्थित भएर मामिलाको बारेमा स्पष्ट गर्न मेल गरेको छ। अर्कोतिर, ईडीले पनि उक्त मेलको जवाफ मेलमा पठाइसकेको र त्यस उपरान्त भन्नु केही नरहेको स्पष्ट जनाएको सुत्रहरूको भनाई छ।

लाल बजार सुत्रहरू अनुसार, पुलिस अधिकारी ईडीको स्पष्टीकरणबाट सन्तुष्ट छैन। उनले ईडीलाई मेल पठाएर ईडी अधिकारीलाई लालबजारस्थित पुलिस मुख्यालयमा उपस्थित हुन लगाएका छन्। तर, ईडीले पुलिस मुख्यालय नजाने स्पष्ट गरिदिएको छ। तृणमूल छात्र परिषदको स्थापना दिवसको अवसरमा सोमवार तृणमूलको अखिल भारतीय महासचिव अभिषेक ब्यानर्जीले मेयो रोडमा एक सार्वजनिक बैठकलाई सम्बोधित गरे। उनले लिप्स एण्ड बाउण्ड्स कम्पनीलाई आफ्नो कम्पनी बताउॅंदै भने, जुन दिन म आए, त्यसको भोलिपल्ट उनीहरूले ईडीलाई जॉंचको निम्ति पठाए। १६ फाइल कम्प्यूटरमा डाउनलोड गरिएका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement