ममताको सर्वदलीय बैठकमा सामेल भएन विपक्ष

IMG-20230410-WA0169-11-300x172-18

कोलकाताः पहिलो वैशाखलाई पश्चिम बंगाल दिवसको रूपमा मनाउन सहमति बनाउने उद्देश्यले मुख्यमन्त्री ममता ब्यानर्जीले डाकेको सवैदलीय बैठकमा भाजपा, माकपा र कांग्रेसका प्रतिनिधि सामेल भएनन्। तीनै पार्टीले मंगलवार सर्वदलीय बैठकको कुनै औचित्य नरहेको बताएको थियो। ब्यानर्जीले गत बिहिवार विपक्षी दलहरूलाई बैठकमा आमन्त्रित गरेकी थिइन्। भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) ले राज्य सरकारमाथि एकतर्फी फसेला लिएको बताउॅंदै बैठकमा सामेल नहुने स्पष्ट गरेको थियो।

भाजपाले २० जूनमा पश्चिम बंगालको स्थापना दिवस मनाउॅंदै आइरहेको छ भने कुनै समझौता नगर्ने अडान स्पष्ट गरिसकेको छ। पार्टीले भनेको छ, बंगाल विधानसभाको बैठक २० जून, १९४७ मा भएको थियो र प्रान्तको विभाजनमा निर्णय लिइयो। कांग्रेसले पनि पश्चिम बंगाल दिवस जस्तो केही नरहेको बताएको छ। यसलाई केवल राजनीतिक रूप दिने प्रयास भइरहेको बताउॅंदै बैठकमा सामेल नहुने बताएको थियो।

उल्लेखनीय छ, संयोजकको रूपमा विधानसभा उपाध्यक्ष आशीष ब्यानर्जी र सल्लाहकारको रूपमा हार्वर्ड विश्वविद्यालयका प्रोफेसर एवं तृणमूल नेता सुगत बोसको एक समितिले १५ अप्रेल (पहिलो बैशाख) लाई पश्चिम बंगाल दिवसको रूपमा मनाउन सिफारिश गरेको छ। समितिले एउटा राज्य गान पनि सुझाउ दिएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement