गान्तोकः ड्रिम्स कप ओपन नेशनल ताइक्वाण्डो च्याम्पियनशीपमा सिक्किमको टोलीले पहिलो स्थान हासिल गर्नसाथै टोलीले च्याम्पियनशीपको उपाधि हासिल गर्न सफल बनेको छ। उत्तर प्रदेशको मथुरा ताइक्वाण्डो एसोसिएशन (क्योरुगी/पुम्से अनि फ्रेसर्स)-द्वारा २६ देखि २७ अगस्तसम्म आयोजित दुई दिवसीय प्रतियोगितामा सिक्किम टोलीले यो उपलब्धि हासिल गरेको हो।
अन्य ११ राज्यका प्रतिनिधि खेलाड़ीहरूलाई विभिन्न वर्गमा पराजित गर्दै मोठ २८ स्वर्ण, १५ रजत अनि २ काँस्य पदकको साथ सिक्किम टोली च्याम्पियनको उपाधि जित्न सफल बनेको हो।
८ वर्षभन्दा कम उमेरको गर्ल्स वर्गमा सिक्किमले ३ स्वर्ण, २ रजत, यसरी नै ८ वर्षभन्दा कम उमेरको बोइज वर्गमा २ स्वर्ण, ३ रजत, १२ वर्षभन्दा कम उमेरको सब्-जुनियर गर्ल्स वर्गमा ४ स्वर्ण, २ रजत, सब् जुनियर बोइज वर्गमा ३ स्वर्ण, १ रजत अनि जुनियर गर्ल्स वर्गमा ३ स्वर्ण अनि १ काँस्य पदक हत्याउन सफल बनेको छ। सिक्किम टोलीलाई प्रशिक्षकद्वय सञ्जय सुब्बा अनि सन्दीप सुब्बाले नेतृत्व गरेका थिए।










