एनआईए उत्तर २४ परगना ब्लास्टको जाँच आफ्नो हातमा लिने तयारीमा

IMG-20230410-WA0169-11-300x172-18

कोलकाताः राष्ट्रिय जाँच एजेन्सी (एनआईए) ले उत्तर २४ परगनाको दत्तपुकुरमा एक अवैध पटेका कारखानामा विस्फोटले १० जनाको मृत्यु मामिलाको जाँच शुरू गर्नसक्छ। यसको संकेत पनि पाइएको छ। कोलकाता स्थित एनआईए सूत्रहरू अनुसार, यस घटनासित सम्बन्धित सबै जानकारीहरू पुलिसबाट मागिएको छ। यसलाई दिल्ली स्थित मुख्यालयमा पठाइनेछ। यो विस्फोट यति भीषण थियो कि कारखानाको कन्क्रीटको छप्पर पूर्ण रूपमा क्षतिग्रस्त भयो र मर्नेहरूको शवहरूको धेरै टुक्रा भएर १०० मीटरसम्म उछिटियो। यहाँ अमोनियम नाइट्रेटको उपस्थितिबारे पनि साक्ष्य भेटिएको छ, जसको प्रयोग व्यापक स्तरमा खतरनाक बम बनाउनका लागि हुन्छ। यसैले एनआईएले अब यस मामिलामा जाँच गर्ने तयारी गरिरहेछ।

रिपोर्टमा विस्फोटमा कति मरे, कति घर नष्ट भयो, यसको असर कहाँसम्म पुग्यो, यसको जानकारी दिइनेछ। घटनाको फोटो सहित रिपोर्ट पठाइनेछ। एनआईएका एक अधिकारीले सोमवार घटनास्थलको भ्रमण गरे। उनले सबै जानकारी जुटाएका छन्। नियमहरू अनुसार, जहिलेपनि कुनै विस्फोट हुन्छ, त्यसको जाँच गर्न एनआईएका अधिकारी सर्वप्रथम पुग्छन्। सूत्रहरू अनुसार, पश्चिम बंगाल एनआईएको तर्फबाट रिपोर्ट पाएपछि त्यसलाई दिल्ली स्थित मुख्यालयबाट गृह मन्त्रालयमा पठाइनेछ, जहाँबाट एनआईएले जाँच सम्बन्धी फसेला लिनसक्छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement