एक महिनामा डेङ्गू संक्रमणको आंकड़ा लगभग १० हजार

IMG-20230410-WA0169-11-300x172-18

कोलकाताः पश्चिम बंगालको राजधानी कोलकाता समेत राज्यका अन्य हिस्साहरूमा डेङ्गू संक्रमण लगातार तीव्र गतिमा बढ़िरहेछ। राज्य स्वास्थ्य विभागको सूत्रहरू अनुसार, गत एक महिनामा पश्चिम बंगालमा १० हजारभन्दा धेरै मानिसहरू डेङ्गूको चपेटमा परेका छन्।

स्वास्थ्य विभागको आंकड़ाहरू अनुसार, जनवरी महिनादेखि २७ जुलाईबीच राज्यमा संक्रमितहरूको संख्या तीन हजार ३६९ थियो तर गत केवल एक महिनामा यो बढ़ेर १३ हजार भएको छ अर्थात् केवल अगस्त महिनामा लगभग दश हजार मानिसहरू डेङ्गूको चपेटमा परेका छन्। यो स्वास्थ्य विभागको निम्ति चिन्ताको विषय बनेको छ। २८ अगस्त अर्थात् सोमवारसम्म कूल संक्रमितहरूको संख्या १३ हजार ६५० छ। यसलाई लिएर स्वास्थ्य अधिकारी पनि चिन्तित छन् किनभने ३०औं हप्ता अर्थात् २७ जुलाईसम्म यो संख्या तीन हजारबीच नै थियो।

डाक्टरहरू अनुसार, गत सालपनि अगस्त महिनामा डेङ्गू बढ़ेको थियो। त्यस महिनाको अन्तसम्म राज्यमा कूल संक्रमितहरूको संख्या लगभग दश हजार थियो। यद्यपि, यस पाली यो संख्या त्यसभन्दा धेरै छ। यसका साथै डाक्टरहरूको भनाई छ, अहिलेसम्म भारी वर्षा नभएकोले डेङ्गूको प्रकोप अझ् बढ्ने खतरा छ। यस साल डेङ्गू पीड़ितहरूको सूचीमा नादिया पहिलो स्थानमा थियो तर अहिले उत्तर २४ परगनामा डेङ्गूले सबैभन्दा अधिक प्रभावित छ, यहाँ चार हजारभन्दा धेरै मानिसहरू संक्रमित भएको पुष्टि भइसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement