कोलकाताः ईडीले अझ् एक चिटफण्ड कम्पनीको मालिक पार्थ चक्रवर्तीलाई पक्राउ गरेको छ। उसलाई सोमवार अबेर राति पक्राउ गरिएको थियो। चक्र ग्रुप नामक चिटफण्ड कम्पनी खोलेर उसले करोड़ौं रूपियाँको वित्तीय हिनामिना गरेको छ। कथित रूपमा कम्पनीसित न्यूटाउन र तारापीठमा होटल छ।
पार्थ चक्रवर्ती पक्रा परेको यो पहिलो अवसर होइन, यसअघि २००७ उसलाई पक्राउ गरिएको थियो। त्यसपछि पार्थ लामो समयसम्म फरार थियो। चक्र ग्रुपमाथि बजारबाट सैकड़ौं करोड़ रूपियाँ निकालेको आरोप लागेको छ। पार्थ विरूद्ध कोलकाता पुलिसका धेरै पुलिस स्टेशनहरूमा हिनामिनाको शिकायत पनि दर्ता गरिएको थियो।
कथित रूपमा पार्थ चक्रवर्तीले कोलकाताको गरफा क्षेत्रमा फ्ल्याट दिने नाममा मोटो रकम लिएको थियो। यसपछि मामिला गर्मिएपछि आरोपित लामो समयसम्म लुकिरह्यो। त्यस समय के उसको साथ कुनै प्रभावशाली व्यक्ति जोड़िएको थियो कि थिए, यसबारे पनि जाँच गरिएको थियो। अहिले आरोपितसित सोधपुछ भइरहेछ।
-हिस