नाम्ची: नाम्ची पुलिस स्टेशन, पुलिस अधीक्षक कार्यालय र अग्निशमन विभागले नाम्चीको सेण्ट्रल पार्कमा स्वच्छता अभियान सम्पन्न गऱ्यो। सिक्किम पुलिस स्थापनाको १५० वर्ष पुगेको अवसरमा जारी वर्षव्यापी कार्यक्रम अन्तर्गत सो अभियान आयोजन गरिएको थियो।
सफाई अभियानमा नाम्चीका पुलिस अधीक्षक, एसडीपीओ, महकुमा अधिकारी, नाम्ची थानाका एसएचओ र पुलिस कर्मीहरूले उत्साहका साथ भाग लिए। अधीक्षकले साफ सफाईको महत्वमाथि प्रकाश पार्दै पुलिस कर्मीहरूलाई केही बुनियादी योग अभ्यास सिकाएको बताइएको छ।