सिलगढी: सिलगढीमा एक नाबालिगको मृत्युलाई राजनीतिकरण गरिँदैछ, साम्प्रदायिक अशान्ति सिर्जना गरिएको छ। हामी यसको घोर विरोध गर्दछौं। सीपीआईएमको पार्टी कार्यालयमा दार्जिलिङ जिल्ला सीपीआईएम संयोजक जिवेश सरकारले यो कुरा बताए। जिवेश सरकार र दार्जिलिङ जिल्ला सीपीआईएम अध्यक्ष समन पाठकले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरेका हुन्। साथै उनले यो घटना अत्यन्त निन्दनीय भएपनि पुलिसको अगाडि यस घटनालाई लिएर राजनीति भइरहेको बताए। जुलुसमा ‘गोली मारो’को नारा लगाइँदैछ तर पुलिसले कुनै कारबाही गरिरहेको छैन। यसबाट साम्प्रदायिक हिंसा भड्काउने प्रयास भइरहेको छ।