- ग्रेटर कुचबिहार पुलिस संघले आन्दोलनको चेतावनी
कुचबिहार: मुख्यमन्त्री ममता ब्यानर्जीले तृणमूल छात्र परिषदको विद्यार्थी र्यालीलाई सम्बोधन गर्ने क्रममा आफ्नो खुट्टालाई राजवंशीहरूसित तुलना गरेको आरोप लगाइएको छ। मुख्यमन्त्रीको भनाइबाट राजवंशी समुदाय दुखित भएको छ। द ग्रेटर कुचबिहार पिपुल्स एसोसिएसनका शीर्ष नेता र राजवंशी भाषा अकादमीका अध्यक्ष वंशी बदन बर्मनले यस बयानको कडा विरोध गरे। आज कुचबिहार प्रेस क्लबमा पत्रकार सम्मेलन गर्दै उनले ममता ब्यानर्जीले राजवंशीलाई आफ्नो खुट्टासँग तुलना गरेर राजवंशी समुदायको अपमान गरेको बताए। मुख्यमन्त्री ममता ब्यानर्जीले यसका लागि माफी माग्नुपर्छ र आफ्नो बयान फिर्ता लिनुपर्छ। उनले मुख्यमन्त्रीले आफ्नो शब्द फिर्ता नगरे आगामी दिनमा ठूलो आन्दोलन गर्ने चेतावनी दिएका छन्।