कफ सिरपसहित २ जना भुटानी नागरिक पक्राउ

e227acdc-89ee-47de-b4c1-76c39dbd3b12

अलिपुरद्वार: एक भुटानी नागरिकसहित दुई जनालाई जयगाउँ पुलिसले ठूलो मात्रामा प्रतिबन्धित कफ सिरपसहित पक्राउ गरेको छ। भुटानको सीमा क्षेत्र जायगाउँबाट पुलिसले भुटानी नागरिकसहित २ जनालाई पक्राउ गरेको छ। सोमबार राति सूचनाको आधारमा जाइगाउँ पुलिस चौकीले कारबाही गर्दै जयगाउँ भुलन चौपाथी हेलिप्याड ग्राउन्ड इलाकाबाट एउटा सानो कार नियन्त्रणमा लिएर गाडीको चेकजाँच गर्दा ठूलो परिमाणमा प्रतिबन्धित कफ सिरप बरामद भएको हो। यस घटनामा पुलिसले देवकोटा टोल निवासी धर्मप्रकाश गुप्ता र भुटानको पारो क्षेत्रका कर्मा तेन्जिङलाई पक्राउ गरेको छ। अभियुक्तलाई मङ्गलबार अदालतमा पेश गरिएको छ। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement