श्रीलंकाका पेस बलर दिलशान मदुशनाका चोटग्रस्त

IMG-20230829-WA0138.jpg

२९ अगस्तः सह-आयोजक श्रीलंकाको एशिया कप क्रिकेट टुर्नामेण्टको तयारीहरूलाई ठूलो धक्का लागेको छ। श्रीलंकाई टीमका पेस बलर दिलशान मदुशनाका चोटग्रस्त बलरहरूका सूचीमा सामेल भएका छन्, जसमा लाहिरु कुमारा, दुष्मन्ता चमीरा र स्टार स्पिनर वानिन्दु हसारंगा पनि सामेल छन्। क्रिकेट श्रीलंका (एसएलसी)-को चिकित्सा समितिका चेयरम्यान अर्जुन डी सिल्वाले बताएअनुसार, शुक्रवार अभ्यास म्याचको अवधि मदुशनाकालाई चोट लाग्यो अनि उनले आईसीसी वनडे वर्ल्ड कप अघि फिटनेस हासिल गर्ने सम्भावना कम्ती नै छ। रिपोर्ट अनुसार, चोटले गर्दा चमीराले पनि एशिया कपमा हिस्सा लिनेछैनन् अनि वर्ल्ड कपमा पनि शुरुवाती हिस्सामा उनी अनिश्चित छन्। लेग स्पिनर हसरंगा फिलाको चोटसँग जुझिरहेका छन् अनि उनले एशिया कपको केही हिस्सामा नखेल्ने सम्भावना छ। गत जून-जुलाईमा भएको वर्ल्ड कप क्वालीफायरमा श्रीलंकाई टीमको सफलतापछि कुमारा, चमीरा र मदुशनाकाको महत्त्वपूर्ण भूमिका रहेको थियो। यी तीन प्रमुख पेस बलरको चोटले श्रीलंकाई टीमको समस्या बढ़ेको छ। यी तीनजनाको अनुपस्थितिमा टीम कासुन रजीता, प्रमोद मदुशान र माथिशा पाथिरानामाथि निर्भर रहनु पर्नेछ जबकि हसरंगाको स्थान लिनको निम्ति दुनिथ वेलालेग र दुशान हेमन्ता विकल्प हुनेछन्। एशिया कपमा श्रीलंकाले बिहीवार बंग्लादेश विरुद्ध म्याचको साथ अभियान शुरु गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement