नाङ्गो ट्रान्सफरमरमा लगायो बक्स आवरण

IMG-20220709-WA0193.jpg

कालचिनी: कालचिनी अस्पताल लाईन तथा फ्याक्ट्री संलग्न रहेको बिजुलीको नाङ्गो ट्रान्सफरमरको सम्पर्कमा आउँदा शुक्रबार एउटा बाँदरको मृत्यु भएको थियो भने उक्त घटनाले गर्दा कुनै पनि समय ठूलो दुर्घटना हुने आशङ्काले बिजुली विभागको लापरवाही भन्दै आक्रोश पोखेको थियो। खबरको सकारात्मक प्रभावको कारण आज बिजुली विभागले उक्त नाङ्गो ट्रान्सफरमरमा ब्कसको आवरण लगाएकोले कालचिनी अस्पताल लाईनका बासिन्दाहरूले राहतको श्वास लिएका छन्।
आज दिउँसो कालचिनी बिजुली विभागको कर्मचारीहरू आएर उक्त ट्रान्सफरमरमा ब्कसको आवरण जड़ान गरेकोले सबैले सुरक्षित महसूस गरेका छन्। स्थानीय समाजसेवी कौशल गोलेले बिजुली विभागले द्रुत गतिमा यो काम गरेकोमा बिजुली विभागलाई धन्यवाद ज्ञापन गरेका छन‌।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *