कुलदेबी महालक्ष्मीलाई सिक्किममा स्वागत

IMG-20230828-WA0341.jpg

गान्तोक: अखिल भारतीय अग्रवाल सम्मेलनद्वारा सञ्चालित अग्रोहादेखि अखंड ज्योतिको साथ देशव्यापी भ्रमण गर्दै कुलदेवी महालक्ष्मी जन आशीर्वाद यात्रा सिक्किम आईपुग्दा भव्य स्वागत गरियो। सिङताम, रानीपुल, तादोङमा स्वागत पश्चात राजधानी गान्तोको पुगेको रथ सिक्किम अग्रवाल कुटुंब, मारवाड़ी समाज, अन्य विभिन्न संघ संस्था, संगठन, विभिन्न समुदायका प्रतिनिधिहरु आम नागरिकद्वारा स्वागत गरियो। ३०० भन्दा ज्यादा मानिसहरुले महालक्ष्मीबाट आशीर्वाद प्राप्त गरे। रथको साथ रहेको अखिल भारतीय अग्रवाल सम्मेलनको राष्ट्रिय उपसभापति सुरेश बन्सलले अग्रोहा शक्तिपीठमा कुलदेवी महालक्ष्मीको देशको सबै भन्दा विशाल मन्दि बनाउने कार्य सुरू गरिएको बताए। मन्दिरको निर्माणमा करीब ५०० करोड़ रुपियाको खर्च आउनेछ। अग्रोहा शक्तिपीठको तर्फबाट देशभरि जन आशीर्वाद यात्रा निकाली रहेका छन भने देशभरिमा १८ जनयात्रा चलिराहेको बताए। उत्तरपूर्वीय राज्य, पश्चिम बंगाल र सिक्किमको भ्रमण पश्चात रथ यात्रालाई नेपाल पुऱ्याउने कार्यक्रमबारे जानकारी दिए। १० करोड़ अग्रवनस एक मात्र राष्ट्रिय प्रतिनिधि संगठन आखिल भारतीय अग्रवाल सम्मेलनको यो पहलको सबैतर्फबाट स्वागत गरिएको छ।

About Author

Advertisement