२८ अगस्तः इटालियन सेरि ए फूटबलमा गत सीजनको च्याम्पियन नापोलीले जीतको लय कायम राख्यो जबकि युभेण्टस चाहिँ जसोतसो हार्नदेखि बाँच्यो। आइतवार राति खेलिएको म्याचमा नापोलीले दशजना खेलाड़ीमा सीमित हुने सासुओलोलाई २-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा ६७ प्रतिशत पोजेशनको साथ खेल्ने नापोलीबाट भिक्टर ओसिमहेनले १६औं मिनटमा पेनल्टीबाट गोल गरे।

यसबाहेक अन्य एउटा गोल जिओभान्नी डी लोरेञ्जोले ६४औं मिनटमा गरे। म्याचमा सासुओलोका खेलाड़ी मेक्सिम लोपेजलाई ५१औं मिनटमा रेड कार्ड देखाइयो। यसबीच युभेण्टस चाहिँ बोलोग्ना विरुद्ध १-१-को ड्र-मा रोकियो। लेविस फर्गूसनले २४औं मिनटमा दिलाएको गोलको सहायताले बोलोग्ना लगभग अन्तसम्म पनि अघि रहेको थियो। चरम दबाउबीच सर्बियाई फरवर्ड डुसान भ्लाहोविचले ८०औं मिनटमा गोल गरी युभेण्टसलाई हारको सम्मुखीन हुनदेखि बचाए।

सेरि ए-का अन्य म्याचहरूमा जेनोआले लाजियोलाई १-०-ले पराजित गऱ्यो जबकि फिओरेण्टिना र लीसबीचको म्याच २-२-ले ड्र रह्यो।