१८ मईः सेनाका पहलवान (रेसलर) सतेन्दर मलिकले सोमवार नयाँ दिल्लीमा भएको राष्ट्रमण्डल खेलहरूका ट्रायलको अवधि १२५ किग्रा वर्गमा पराजित भएपछि रेफरी जगबीर सिंहमाथि हमला गरे। त्यसपछि राष्ट्रिय महासंघले पनि तुरन्तै कार्वाही गर्दै सतेन्दरमाथि आजीवन प्रतिबन्ध लगायो। वायु सेनाका पहलवान निर्णायक खेल समाप्त हुन १८ सेकेण्ड अघिसम्म पनि ३-०-ले अघि थिए तर मोहितले उनलाई टेक डाउन गरेर म्याटदेखि बाहिर पुऱ्याए। रेफरीले मोहितलाई टेक डाउनको २ पोइण्ट दिएनन् तर यस पहलवानले पनि फसेलालाई चुनौती दिए। त्यस बाउटका निर्णायकहरूमा एक सत्यदेव मलिकले निष्पक्षताको तर्क पेश गर्दै आफूलाई निर्णयदेखि अलग गरे। सतेन्दरको गाउँ मोखराकै निवासी भएका हुनाले सत्यदेवले यस्तो फसेला लिए। त्यसपछि अनुभवी रेफरी जगबीर सिंहले त्यस चुनौतीमाथि ध्यान दिने अनुरोध गरे। उनले टेलिभिजन रिप्ले हेरेर मोहितलाई ३ पोइण्ट दिने फसेला सुनाए। त्यसपछि स्कोर ३-३-को बराबरीमा पुग्यो अनि त्यो अन्तसम्म कायम रह्यो। बाउटको अन्तिम पोइण्ट हासिल गरेको हुनाले नियम अनुसार मोहितलाई विजेता घोषित गरियो।

यस फसेलाले गर्दा सतेन्दरले रिसलाई काबूमा राख्न सकेनन्। उनी सीधै ५७ किग्रा वर्गको बाउट चलिरहेको म्याटमा गए, जहाँ रवि दहिया र अमनबीच खेल चलिरहेको थियो अनि त्यहाँ जगबीर पनि रहेका थिए। सतेन्दर सीधै जगबीरको नजिक गएर उनीसँग झगड़ा गर्न थाले। उनले पहिला जगबीरलाई गाली दिए अनि थप्पड़ पनि लगाए। थप्पड़ले गर्दा जगबीर सन्तुलन गुमाएर भुईंमा लड़े। त्यसपछि ५७ किग्राको बाउटलाई रोकियो कारण यस घटनापछि इन्दिरा गान्धी स्टेडियमको केडी जाधव हलमा होहल्ला शुरु भयो। भारतीय कुश्ती महासंघ (डब्ल्यूएफआई)-का अधिकारीहरूले सतेन्दरलाई हलदेखि बाहिर पठाएर खेल फेरि शुरु गरे। पूरा घटना मञ्चमा आसीन डब्ल्यूएफआई अध्यक्ष बृजभूषण शरण सिंहको आँखा अघि भइरहेको थियो। पछिबाट डब्ल्यूएफआई-का सहायक सचिव विनोद तोमरले सतेन्दरमाथि आजीवन प्रतिबन्ध लगाइएको जानकारी दिए। उनले यो फसेला डब्ल्यूएफआई अध्यक्षले लिएको पनि बताए। उनले बाउटका रेफरीलाई पनि स्पष्टीकरणको निम्ति बोलाएका छन् कारण उनले मोहितलाई पोइण्ट दिएका थिएनन् जबकि मोहितले स्पष्ट टेक डाउन गरेका थिए।











