भाजपा विधायक बंकीम घोषकी बुहारीलाई सीबीआईको नोटिस

CBI

कोलकाता: सीआईडीले कल्याणी एम्स भ्रष्टाचार मामिलामा चकदहबाट भाजपा विधायक बंकीम घोषकी बुहारीलाई नोटिस पठाएको छ। उनको नाम अनुसूया घोष हो। नदिया जिल्लामा प्रस्तावित कल्याणी एम्समा नौकरी लगाउने नाममा उनले धेरैलाई ठगेको र आफ्नो राजनीतिक प्रभावको दुरूपयोग गरी गरैकानूनी तरीकाले नियुक्तिहरू गराएको आरोप छ। सीआईडीले शुक्रवार नोटिस पठाएर अनुसूयालाई बोलाएको थियो तर उनी हाजिर भईनन्। त्यसपछि शनिवार सीआईडीले उनलाई पुनः नोटिस पठाएको छ। अनुसूयालाई बुधवार फेरि पेश हुनलाई भनिएको छ। साथै सीआईडीले जान्न चाहेको छ कि के उनी सोधपुछको निम्ति सीआईडी मुख्यालय भवानी भवन आउनेछिन् या फेरि सीआईडीले उनको घर आएर उनीसित सोधपुछ गरोस्। सीआईडीले सोमबार यही मामिलामा आरोपित भाजपा विधायक नीलाद्रिशेखर दानाकी छोरीलाई पनि बोलाएको छ। यद्यपि, बांकुड़ाका भाजपा विधायक दानाले उनले कुनै चिट्ठी नपाएको भनेका छन्। भाजपा नेताहरूले कल्याणी एम्समाथि दबाव बनाएर आफ्ना आफन्तहरूलाई नौकरी दिएको आऱोप लगाइको छ। त्यस सूचीमा चकदहबाट भाजपा विधायक बंकिम घोषकी बुहारी अनुसूया पनि सामेल छिन्। बांकुड़ाबाट भाजपा विधायक नीलाद्रिशेखर दानाकी छोरी मैत्रेयीले पनि यस्तै गरेको आरोप छ।

About Author

Advertisement