अग्नि पिडित देवी प्रसाद गुप्तलाई एडवाडर्सद्वारा सहयोग

IMG-20230828-WA0319.jpg

दार्जीलिङ: अग्नि पिडित देवीप्रसाद गुप्तलाई अजय एडवाडर्सले सहयोग गरेका छन्। गत केही दिन अघि खरसाङको दूधे निवासी देवी प्रसाद गुप्तको घरमा आगो लाग्दा घर सम्पति सबै जलेर स्वाह भएको थियो। अग्नि पिडित देवीप्रसाद गुप्तको दु:खपूर्ण घटना हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले थाहा पाएपछि आज बिहान उनी देवीप्रसाद गुप्तको घर पुगेका थिए। यस अवधि स्थानीय बासिन्दाहरू पनि भेला भएका थिए। अग्नि पिडित देवीप्रसाद अनि परिवारसंग हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले कुराकानी गरे।

यस दु:खको घडीमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले अग्नि पिडित देवीप्रसाद गुप्तलाई सहयोग पूराउने वचन दिएका छन्।उपस्थित भीडलाई सम्बोधन गर्ने क्रममा हामी गोर्खाहरू हौं। हामी कसैको दु:खलाई त्यसै नकार्न सक्दैनौं। हामीले सबैलाई आफ्नो सम्झिने गर्छौ भने। उनले अघि भने घटनाको दिन देवीप्रसाद गुप्त र उनकि पत्नी विशेष काम लिएर गाडीधुरा गएका थिए अनि छोरा झालमूरी बिक्री गर्न गएका थिए।त्यसै अवधि घरमा भीष्म आगो लाग्दा घर सम्पति सबै जलेर स्वाह भएका थिए। घर सम्पति सबै जलेर स्वाहा भएको घटनाको दृश्यले घरको सबै परिवारहरू आहत बनेका थिए। आफु यस क्षेत्रको सभासद नभएता पनि एक सभासद भएको नाताले अग्नि पिडित देवीप्रसादलाई म मेरो क्षमता अनुरूप सहयोग प्रदान गर्नेछु अध्यक्ष एडवाडर्सले भने।

उनले अघि भने, अहिले जीटीए सभाको बोर्ड भागोप्रमोले गरेको छ। त्यसरी नै ग्राम पञ्चायतको बोर्ड पनि उनीहरूले नै गरेको छ। यस्तो दु:खद अवस्थामा अग्नि पिडित देवीप्रसाद गुप्तलाई जीटीए अनि ग्राम पञ्चायतको पक्षबाट सहयोग प्रदान गरियोस भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले मांग गरेको छ। यस अवधि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्ससंग हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको उपाध्यक्ष पूर्ण तामाङ उर्फ थेबा जो जो पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement