खोलियो नाम्सुू जाने बाटो

IMG-20230828-WA0256.jpg

गाउँलेहरूले एडवाडर्सप्रति जताए आभार

दार्जीलिङ: नाम्सु जाने बाटो खोलियो।गत केही दिन अघिदेखि नाम्सु जाने बाटो ठप्प रहेको थियो। जसको कारणले गर्दा मिरिक बस्ती डुप्टिन टार वार्ड नम्बर १०,भस्मे हुदै नाम्सु जाने बाटो रहेको थियो तर बर्खायामको कारणले गर्दा बाटो ठप्प भएको हुनाले स्थानीय मानिसहरूले हुनसम्मको दुःख र समस्याहरू भोग्दै आई रहेका थिए।स्थानीय मानिसहरूको समस्या र दुःख देखेर मिरिक हाम्रो पार्टीको अध्यक्ष प्रशान्त लामाले पार्टी अध्यक्ष अजय एडवाडर्स समक्ष यी विषयहरू राख्दा जेसीपी प्रदान गरेर बाटो खोल्ने कार्य पूरा भएको छ। स्थानीय मानिसहरू साथै समाजको कार्यकर्ता हरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स मिरिक अध्यक्ष प्रशान्त लामा अनि समष्टि अध्यक्ष सुमन गुरूङ, सुलब गुरूङ, सैलेन्द्र गुरूङ, अरूण मोक्तान,अनुजा तामाङप्रति आभार जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement