डीके प्रधानको बयानमाथि विच्किए हाम्रो पार्टी

IMG-20230828-WA0259.jpg

दार्जीलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय बरिष्ठ कार्यकर्ता एंव अधिबक्ता डी के प्रधानले दार्जीलिङ पहाडको समस्त चिया श्रमिकहरूसंग माफी मांग्नू पर्ने हाम्रो पार्टीले मांग गरेको छ। आज स्थानीय एक भवनमा एक न्युज च्यानलले पाँच डेसिमल पटटाको विषयमा चर्चा समारोहको आयोजना गरेको थियो। आयोजित चर्चा समारोहमा भागोप्रमोको पक्षबाट पार्टी केन्द्रीय बरिष्ठ कार्यकर्ता एंव अधिबक्ता डी के प्रधानले अंश ग्रहण गरेको थियो।चर्चाको क्रममा प्रधानले दार्जीलिङ पहाडको चिया श्रमिकहरूलाई त्यस ताकको सरदारहरूले चियाको बोटमा काम गर्न ल्याएका थिए भन्दै अप्रत्यक्ष रूपमा बाहिरोबाट आएको हो भन्ने जस्ता तर्क पेश गरेका छन भन्ने मिरिक हाम्रो पार्टीको महकुमा समिति उपाध्यक्ष अरूण मोक्तान अनि २३ नम्बर समष्टि सचिव कुणाल खनालले बताएका छन। महकुमा उपाध्यक्ष मोक्तानले एक प्रेस विज्ञाप्ति जारी गरेर भागोप्रमो केन्द्रीय बरिष्ठ कार्यकर्ता एंव अधिबक्ता डी के प्रधानले चर्चा समारोह लाई सम्बोधन गर्ने क्रममा दार्जीलिङ पहाडको अधिकांश चिया श्रमिकहरूलाई सरदारहरूले चियाको बोटमा काम गर्न ल्याएको हो भन्ने ठोकुवा गरेका छन। डी के प्रधान पहाडको एक अनुभवी राजनैतिकज्ञ हुन साथै बरिष्ठ अधिबक्ता हुन तर उनले पहाडको अधिकांश चिया श्रमिकहरूलाई सरदारहरूले चियाको बोटमा काम गर्न ल्याएको हो भन्ने कुन आधारमा बताए? भन्ने प्रश्न तेर्साए।प्रधानको यस्तो बयानले पहाडको समस्त चिया श्रमिकहरूलाई ठूलो आघात पूगेको मोक्तानले बताएका छन।दार्जीलिङ पार्वतीय क्षेत्र हरूमा चियाको खेती लगाउँनु भन्दा अधिदेखि नै हाम्रो पूर्खाहरू यहाँ थिए अनि हाम्रो पूर्खाहरूले खून पसिना बगाएर चियाको बोटहरू लगाएको हो तर हामी चिया श्रमिकहरूलाई हाम्रै मान्छे डी के प्रधानले हामीलाई नै बाहिरोबाट आएको हो भन्ने प्रमाण गर्न खोज्दैछ भन्ने मोक्तानले बताए। डी के प्रधानले अविलम्ब आफ्नो बयान फिर्ता लिनु पर्छ साथै समस्त चिया श्रमिकहरूसंग माफी मांग्नु पर्छ भन्ने मांग हाम्रो पार्टी मिरिक महकुमा समितिको उपाध्यक्ष अरूण मोक्तानले गरेको छ।त्यसरी नै मिरिक २३ नम्बर समष्टिको हाम्रो पार्टी सचिव कुणाल खनालले भागोप्रमो बरिष्ठ कार्यकर्ता डीके प्रधानले भारतीय गोर्खाहरूलाई जबर्जस्ती बाहिरोबाट आएको हो भन्ने प्रमाण गर्न खोज्दैछ। प्रधानको यस्तो बयानको हामी घोर विरोध जनाउँछौ।प्रधानले आफ्नो बयानलाई फिर्ता नलिएर हामी सडकमा पनि ओर्लिन तयार छौ तिनले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement