श्री अमरनाथ धाममा क्षेत्रमा भएको प्राकृतिक दुर्घटनामा बङ्गालका तीर्थयात्रीहरु पनि फसेको आशंका   

 कोलकाता: श्री अमरनाथ धाममा बादल फाट्दा धेरैको मृत्यु औं तीर्थयात्री फंसेका घटनालाई लिएर पश्चिम बङ्गालमा पनि अन्योलताको माहोल छ। यसले गर्दा राज्यका लगभग १५ भन्दा धेरै तीर्थयात्री यस त्रासदीमा फंसेको आशंका छ। राज्य सचिवालय सूत्रहरू अनुसार, यसमा एक्लो जलपाईगढ़ीका १२ तीर्थयात्री सामेल छन् जबकि हावड़ाका दुई छोरी समेत महिला पनि यस त्रासदीमा फंसेका छन्। यसमध्ये कसैसित पनि सम्पर्क भईरहेको छैन। राज्य सचिवालयका एक वरिष्ठ अधिकारी अनुसार, जलपाईगढ़ीका जो पनि अमरनाथ गाएका थिए, उनीहरूसित सम्पर्क भएको छ। उनीहरू सुरक्षित छन् तर हावड़ाका छोरीहरू र महिलासित कुनै सम्पर्क हुनसकेको छैन।

यिनीहरूको पहिचान ७० वर्षीय शीला सिंह, ४७ वर्षीय झूमा सिंह र ४० वर्षीय प्रीति मन्नाको रूपमा गरिएको छ। उनीहरू २ जुलाईको दिन हावड़ाको हिमगिरी एक्सप्रेसमा अमरनाथको निम्ति प्रस्थान भएका थिए। तबदेखि लगातार यिनीहरूसित फोनमा सम्पर्क भईरहेको थियो तर बादल फाट्ने घटना भएदेखि उनीहरूको फोन बन्द आईरहेछ। यसैले परिवारमा चिन्ता बढ़ेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement