७५०० श्रमिकहरुको पक्षमा अनित थापाले पत्र लेखे युको ब्याङ्कका महाप्रबन्धक अनि सीईओलाई

anit-thapa3-1656509128.jpg

दार्जिलिङ अर्ग्यानिक टी एस्टेट अधिनस्थ ७५०० श्रमिकहरुको पक्षमा फेरि उभिए अनित थापा

दार्जिलिङ: दार्जीलिङ पहाडी क्षेत्रका ७५०० मजदुरहरू र दार्जिलिङ अर्ग्यानिक टी स्टेट अधीनस्थ छवटा चिया बगानका ७५०० श्रमिकहरुको जीविकोपार्जनको अवस्था बिग्रँदै गएको सम्बन्धमा चिन्ता व्यक्त गर्दै जीटीए प्रमुख कार्यपाल अनित थापाले पत्र लेखे युको ब्याङ्क (UCO Bank) का महाप्रबन्धक अनि सीईओलाई।
दार्जिलिङ अर्ग्यानिक टी स्टेट अधीनस्थ छवटा चिया बगानहरू छन्। ती हुन् ह्याप्पी भ्याली, अम्बोटिया, नागरी, मुण्डाकोठी, मोन्टेभियोट र चुङ्थुङ चिया बगान। यी चिया बगानहरुमा केही समय पूर्व समस्या उत्पन्न भएको थियो। विगत चाढ पर्व अघि नै मालिकले चिया बगान छोडेर गएका थिए। जसको फलस्वरूप पहाडमा अराजकता र आन्दोलनको स्थिति सृजना भएको थियो। सम्पूर्ण चियाबगान र श्रमिकहरुलाई पूर्ण रूपमा अलमल्लमा छाडेका थिए। त्यस पश्चात यी बगानहरूलाई लेमन ग्रास अर्ग्यानिक टी एसटेटले जिम्मा लिएको थियो। समस्याको विवरण दिँदै पत्रमा भनिएको छ कि यी चिया बगानका श्रमिकहरुको पुरानो रहल रकम आजसम्म भुक्तान भएको छैन। भुक्तान नहुनुको मुख्य कारण समस्या ब्याङ्क पक्षमा विचाराधीन छ। समस्या नसुल्झिनाले यी चिया बगानको स्वामित्वमा अन्योलता सिर्जना गरेको छ। फलस्वरूप यसले मजदुरहरूको मनमा आफ्नो जीविकोपार्जनको बारेमा अनिश्चितता सिर्जना गरेको छ। राष्ट्रीय कम्पनी विधि अपील अधिकरण(नेशनल कंपनी लॉ अपीलेट ट्रिब्यूनल)ले हालै मुद्दाको समाधानको लागि आदेश पारित गरेको उल्लेख गर्दै यस क्षेत्रको शान्ति र ठूलो संख्याको जीविकोपार्जनको लागि मुद्दा छिटो समाधान गर्न अनुरोध गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement