दार्जिलिङ: सबै जीटीए लेफ्ट आउट स्वयंसेवी शिक्षक संघले भोलिदेखि दार्जिलिङ र कालेबुङ जिल्लाका जीटीएद्वारा सञ्चालित विद्यालयहरूमा पेन डाउन हडतालको घोषणा गरेको छ।

संघले स्थायीकरणको माग गर्दै २४ अगस्तदेखि जीटीएको मुख्यालय लालकोठीमा दैनिक धरना समेत गर्दै आईरहेको छ।

सङ्घका सदस्य नौमी लामाले ४० वर्षभन्दा माथि उमेर पुगेकाले परीक्षामा बस्न नपाउने भएकाले जीटीए क्षेत्रमा विद्यालय सेवा आयोग (एसएससी) लागु भएको कुरा आफूहरूलाई अनुचित भएको बताइन्। उनले भनिन् कि उनीहरू एसएससीको विरुद्धमा छैनन् किनकि यो राम्रो कुरा हो तर उनीहरूको लागि पनि समाधान चाहियो। जीटीए शिक्षा विभागबाट उनीहरूको मागको लागि कुनै प्रतिक्रिया नपाएपछि उनीहरूले यो अनिश्चितकालीन पेन डाउन हडताल सुरु गर्न बाध्य भएको बताइन् जसले लगभग ७०० कक्षालाई असर गर्नेछ। संघले हरेक दिन लालकोठीमा धर्ना दिने जनाएको छ।