प्रोरोटा प्रणाली विरुद्ध निमती झोड़ा चियाबारीका श्रमिकहरू धरनामा

IMG-20220709-WA0192.jpg

कालचिनी: दैनिक रोजबाट प्रोरोटा नियम मुताबिक श्रमिकहरूको वेतन कटौती गर्न नपाइने भन्दै आज बिहानदेखि कालचिनी खण्डको निमती झोड़ा चियाबारीका महिला श्रमिकहरू कमानको फ्याक्ट्री गेट अघि धरनामा बसेको थियो। कमान प्रबन्धनपक्षले प्रोरोटा नियम मुताबिक अहिले पत्तीको ठीका नपुगेकोले दैनिक रोजबाट प्रोरोटा लगाएर वेतन कटौती गरेको आरोप लगाउँदै यथाशीघ्र उक्त प्रोरोटा नियम फिर्ता लिईनु पर्ने श्रमिकहरूले दाबी गरेका छन्।
काममा नगएर बिहानदेखि नै आज यसरी श्रमिकहरू वार्ताको टेबलमा नआएर यसरी काम बन्द राखेर बस्नु औद्योगिक नियमको विरुद्ध भएको र यसले कमानको उत्पादन दरमा क्षति पुगेको कमानको सिनियर एसिस्टेन्ट बिजय शर्माले जनाएका छन्। दिनभरि यसरी विशेषगरी महिला श्रमिकहरू धरनामा बसेको सुनेर आज बीटीडब्ल्यूयूका महासचिव राजेश बारला निमती झोड़ा चियाबारी पुगेको थियो भने तिनले कमानका सिनियर एसिस्टेन्ट र महिला श्रमिकहरूसित बसेर कुराको मध्यस्थता गर्न सक्दो प्रयास चलाएको थियो।कमानको प्रबन्धनपक्षले पनि प्रोरोटा नियमलाई आजको निम्ति फिर्ता लिने तर एकपल्ट यस सम्बन्धमा बैठक ठीक गरेर कुराकानी अघि बढ़ाईने प्रस्ताव राख्दा पनि श्रमिकहरूले लिँडेढिपी गरेकोले आज कुनै फल ननिस्केको कमानको सिनियर एसिस्टेन्ट बिजय शर्माले जनाएका छन्। यता कुराको मध्यस्थता गर्न पुगेको बीटीडब्लूयू नेता राजेश बारलाले कुनै पनि कुराको समाधान वार्ताबाट सम्भव भएकोले श्रमिकहरूलाई वार्तामा बस्ने सल्लाह दिँदा पनि महिला श्रमिकहरू अडिग बसेकोले कुरा बेटुङ्गो भएको बताएका छन्। तिनले कसैले श्रमिकहरूलाई भूल बुझाउने चेष्टा चलाएको हुनसक्ने आशङ्का पनि जाहेर गरेको छ। यता महिला श्रमिक पूर्णिमा खड़िया र लिली उराउँले यसै पनि श्रमिकहरूको २३२ रुपियाँ सुखा हाँजीराले घर चल्न साह्रो परेको अवस्था त्यसमाथि कमानले यो प्रोरोटा नियमले वेतन कटौती हुनाले श्रमिकहरू मर्कामा परेकोले यस्तो सुखा सीजनमा कटौती मान्न नसक्ने भन्दै जबसम्म कमान प्रबन्धनपक्षले प्रोरोटा नियम फिर्ता लिँदैनन र कटौती रकम श्रमिकहरूलाई दिँदैनन तबसम्म यो धरना जारी रहने बताएका छन्। आज साँझ ५ बजीसम्म उक्त धरना चलेको र भोलिदेखि समस्या समाधान नभईञ्जेल धरना चल्ने महिला श्रमिकहरूले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement